तनहुँ जिल्ला र मनपाङ गा.बि.स.को कला,सँस्कृति,रितीरिवाज र धार्मिक एवंम पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यले लोकदोहोरी गित “तनहुँ जिल्ला मनपाङको गाउँ”बजारमा ल्याइयको छ । परिवर्तन समाज नेपालकी अध्यक्ष सन्त कुमारी गुरुङको परिकल्पनमा तयार पारिएको गितमा चर्चित गायक कृष्ण देवकोटा,गायिका देवी घर्ति र तुलसा जि.सी.को स्वर रहेको छ । गितको लय तथा शब्द सिर्जना भने गायक देवकोटाले नै गर्नु भएको छ । तनहुँ जिल्लाको मनपाङ, अकला मन्दिर, अर्चलेको गन्धर्व गाउँ, ढोरबाराही मन्दिर लगायतका स्थानहरुलाई गितका शब्दहरुमा समेटिएको छ । Find More …
Category: Music
recent songs description
स्मिताको रागिनी सार्वजनिक
गायिका स्मिता दाहालको तेस्रो कोसेली स्वरुप रागिनी एल्बम माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्यततामा राजधानीमा बुधवार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। योगेन्द्र मणी दाहालको एकल रचना र सुनिल मास्केको एकल संगीतमा सजिएको एल्बमका सबै ५ गीत स्मिताको स्वरमा सजिएको छ|अमुल कार्की ढलीको संगीत संयोजन रहेका सबै गीतको मिक्सिंग तथा मास्टरिङ्ग किशोर थापाले गरेका हुन्| उल्लेखनीय संगीतकर्मीको उपस्थिती रहेको बिमोचन समारोहमा माओबादी अध्यक्ष प्रचण्ड, नागरीक उड्ययान मन्त्री आनन्द पोखरेल, गीतकार यादव खरेल, गायक दीप श्रेष्ठ र गायक संगीतकार दीपक जंगमले एल्बमको एक साथ बिमोचन गरेका हुन्। Find More …
नबिन पौडेलको नया “मन चाहिँ यतै ढल्किनी”
नेपाली लोक गित संगीतमा युवा पुस्ता देखि बुढापाका सबैले मन पराउने खालका मन छुने,समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष्य र जनजिब्रोमा झुन्डिने गित बनाउन तथा गाउन माहिर नबिन पौडेलको नया गित आयको छ| केहि समय अगि मात्र आयको “हरेक जातजाती छौं नानाथरी मिलेर बसौं यहि जन्मभुमी छ स्वर्गसरी” भन्ने गितको चर्चा सेलौना नपाउदै नया गीत “मन चाहिँ यतै ढल्किनी” ल्यायाका छन्| Find More …
मधुशाला बजारमा
गायक सत्यराज आचार्यको महत्वकाक्षीं गजल एल्बम मधुशालाको राजधानिमा एक भव्य कार्यक्रमको बिच बिमोचन भएको छ।शनिवार राती सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गर्दै सत्यराज आचार्यको एल्बमलाई सम्पूर्ण आचार्य परिवारले एक साथ बिमोचन गरेका हुन्।बिमोचन गर्नेमा पिता भजनशिरोमणी भक्क्तराज आचार्य, माता सावित्री आचार्य र भाई स्वरुपराज आचार्य रहेका थिए।८ ओटा गजल समावेश उक्त एल्बमको सबै गजलमा शव्द,संगीत र स्वर गायक स्वयमको रहेको छ। Find More …