गायक सन्जिब कुमार पौडेलले एक पछि अर्को नयाँ गीत सार्बजनिक गर्ने क्रममा आगामी चौथो एल्बम “अन्जान” बाट “धेरै चोटी जिन्दगीमा” बोलको गीत बिन्दबाशिनी म्युजिकको युत्युब च्यानल मार्फत शाब्दिक अडियो सार्बजनिक गरेका छन्| खगेन्द्र दाहालको एकल रचनामा तयार हुने उक्त एल्बम “अन्जान”का निर्माता पनि गीतकार नै हुनुहुन्छ| “धेरै चोटी जिन्दगीमा” बोलको गीतमा गीतकारका मिलन बिछोडका शब्दलाइ गायक सन्जिब कुमारले आधुनिक सैलिमा संगीतबद्ध गरेर गायका छन्| जसलाई आमोस तामांगले संगीत संयोजन गरेका छन्|
Category: Music
recent songs description
“आगो र फुल” एल्बमका दुई गीतका भिडियो सार्बजनिक
गायक मोहमद वारिस खानको आवाज रहेको दोस्रो एल्बम “आगो र फुल”मा समाबेश दुई गीतका भिडियो सार्बजनिक भयका छन्| पहिलो गीत “कि त मेरो मुटुलाई” मा गजलकार शितल कादम्बिनीको शब्द, शिखर सन्तोषको संगीत,आमोस तामांगको संगीत संयोजन रहेको छ| निराजन अनि दिपशिखाको अभिनय रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् । गीतको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् | अर्को Find More …
गुणराजकि ‘निष्ठुरीले’ के मानिन
नेपाली गीत संगीतमा नया नया गायक गायिकाको प्रवेश निरन्तर चलिरहेको छ| यहिक्रममा आधुनिक गीतको छेत्रमा नब गायक गुणराज श्रेष्ठ ‘निष्ठुरीले मान्दै मानिन’ बोलको गीतसहित आयका छन्।बी. पाण्डेको शब्द तथा शुवास भुसालको संगीत रहेको उक्त युगल गीतमा चर्चित गायिका मेलिना राईले साथ दियकि छिन्| गीतमा संगीतसंयोजन उदय राज पौडेलको रहेको छ| दुवै जना बधय्ताबस अर्कैसंग माया बन्धनमा परेको तर बिहे गरौ भन्दा नमानेको कुरा गीतमा व्यक्त गर्न खोजियाको छ| Find More …
राम कृष्ण ढकालको एउटा “राम्रो” गीत
आधुनिक गीतका पारखीले मात्र होइन समग्र नेपाली गीतसंगीतका पारखीले सुन्ने गरेको एउटा स्वर हो राम कृष्ण ढकाल| नेपाली गीत संगीतमा स्वर्गीय स्वर सम्राट नारायण गोपाल पछि सबैभन्दा उच्च स्थान बनाउन सफल छन् बरिस्ट गायक राम कृष्ण ढकाल| धेरै जसो गीतकार , संगीतकार उनकै स्वरमा गीत रेकर्ड गराउन लालायित हुन्छन| उनले गायका धेरै गीत राम्रा छन्, वर्तमानका केहि गीत बाहेक बिगतका उनका गीत धेरै लोकप्रिय मानिन्छन| हुन त कति कुरा सुन्नेमा भर पर्छ भने झैँ कसैलाई कुन गीत मन पर्छ त कसैलाई कुन गीत तर समग्रमा उनका पछिल्ला गीतहरु मध्ये एउटा उत्कृट गीत बनेको छ आवरण एल्बमको ” म हुरीमा दियो जलेको देख्छु ” |
Find More …