शान्तिम र राजा राजेन्द्रको टेबल फ्यान आयो

गायक शान्तिम कोइराला अनि कलाकार राजा राजेन्द्र पोखरेलको संयुक्त प्रयासमा नया गित “टेबल फ्यान” भिडियो सहित सार्बजनिक भयको छ। स्मरण रहोस दुवै जना कलाकारितामा लामो समय देखि निरन्तर लागिपरिरहनु भयको छ र दुवै जनाले दि भ्वाइस अफ नेपालको फरक सिजनमा सहभागिता जनाउनु भयको थियो , त्येही बाट धेरैले राजा राजेन्द्रले पनि राम्रो गाउनुहुने रैछ भन्ने थाहा पायका थिय यद्ध्यपी अर्को राउण्डको लागि छानिनु चाही भयन।
दुवै जनाको संयुक्त प्रयाशमा तयार भयको यसगितमा राजा राजेन्द्रको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन चाही उदय राज पौडेलले गरेका छन्।
Find More …

मनिष बशिष्ठको उर्दू भाषामा “ख्वाब”

चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि सनुप पौडेलको स्वरमा एउटा फरक गित “ख्वाब ” सार्बजनिक भयको छ।
लगभग ४ बर्ष अघि बनेको गीतलाई कसरि प्रस्तुत गर्ने भन्ने बारे धेरै सोच बिचारहरू आएँ र धेरै प्रयासहरू विफल पनि भए। अन्तमा नबिन निरौलाको सोचाई मा बन्यो एनिमेटेड भिडियो। भिडियो बनाउन गरेको मिहिनेत त झल्किन्छ तर सधै चकलेटी , एउतै खाले अनुहार हेर्न पल्केका दर्शकले कसरि लिने हुन् हेर्न बाकि छ। Find More …

शिव पलाँसको ‘मृत्यु भन्दा पर पुग्ने ठाउँ भेटिएन’

जीवन भन्दा धेरै दुख्ने घाउ भेटिएन |

मृत्यु भन्दा पर पुग्ने ठाउँ भेटिएन ||

हालै सार्वजनिक भएको “जीवन भन्दा धेरै दुख्ने ” बोलको गितको रचना शिव पलाँसको हो ।  सन्जु थापाले संगीत गरेको गीतमा रामकृष्ण ढकालले आवाज दिएका छन् ।अर्पण क्रियशनले लिरिकल भिडियो मार्फत बाहिर ल्याएको गीतको म्युजिक भिडियो पनि चाँडै नै निर्माण गरिने शिब पलाँसले बताएका छन् । हाल अमेरिकाको नर्थ क्यारोलिनामा रहेका यि गीतकार पछिल्लो दुई दशकदेखि साहित्य र गीत- संगीतमा निरन्तर सक्रिय छन् ।

Find More …

आस्था राउतको गित ‘यानी माया’ भिडियो सहित सार्बजनिक

गायिका आस्था राउतले एल्बम ‘आधार २’ मा समावेश गरिएको गित ‘यानी माया’ लाई भिडियो सहित म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी सार्वजनिक गरेकी छिन्। संगीतकार तथा गीतकार सुरेश अधिकारी संगको सहकार्य आस्थाका लागि लाभदायक हुदै आयको छ। गाउले परिवेश बिशेष गरि माछा छोप्ने तथा माछिको जाल बुन्ने महिलाको भावनालाई गीतमा प्रस्तुत गरियको छ। सुरेश अधिकारीकै शब्द र संगीत रहेको यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ। आस्थाको गायन तथा स्वर को एउटा छुट्टै ब्रान्ड छ, जसको स्वाद यो गीतमा पनि पाउन सकिन्छ। Find More …