नयाँ लोक गीत “बदला बरिलै”

समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ ।‌ साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी‌ बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुमा हुनेगरेको बलात्कारको बिषयलाई प्रकाश शपुतले ‘बदला बरिलै’ नामक गितिभिडियो मार्फत प्रस्तुत गरेका छन् । उक्त गितमा प्रकाशको आफ्नै शब्द तथा लय रहेको छ भने गायिका देवी घर्तीको स्वर रहेको छ। संगीत संयोजन, मिश्रण लगाएतका कम श्यामश्वेत रसाइली ले गर्नुभएको छ। Find More …

नारी हिंसा बिरुद्धको एउटा सांगीतिक आवाज ‘बोकी सधैँ दुनियाँमा’

भनिन्छ- नारी सृष्टि हो । नारीको सौन्दर्य नै संसारको रंग हो । रंग बिना कुनै पनि जीवन खुल्न सक्दैन तर संसारलाई रंगीन बनाउने तिनै नारीहरु माथी नै हिंसात्मक घटना घट्न पुग्दा कस्तो अवस्था होला ? सोच्दा पनि रिंगटा लाग्छ, मन भक्कानिन्छ । समाजमा बढ्दै गईरहेको भिन्न भिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ ।‌ साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी‌ बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुले एसिड प्रहारको सामना गर्नु परिरहेको छ । कू-संस्कार, कुरीतिले जरा गाडेको हाम्रो समाजमा छाउपडी, बोक्सी,दाइजो, बाल विवाह, बहु विवाह आदि जस्ता कैयन् कूप्रथाको शिकारमा कैयौँ नारीहरुले यातना सहनु परिरहेको छ । आफ्नै घर परिवारबाट होस् या सामाजिक रुपमा होस्- प्रतिष्ठित भनिने वर्गहरुबाटै नारी स्वतन्त्रताको खिल्लि उडाईएको आभाष हुन्छ । महिला हिंसाका यस्ता बिविध खाले समस्या न्यूनिकरण गर्दै यसको समूल नष्ट गर्न सबै सबैको आफ्नो आफ्नो क्षेत्रबाट गरिने सहयोग, भूमिका उत्तिकै महत्वपूर्ण हुन आउँछ । यसै सिलसिलामा लामो समयदेखि आफ्नो पूरै जीवन महिला दिदीबहिनीहरु प्रति गरिने हिंसात्मक घटना बिरुद्धको अभियानमा डटेर खरो रुपमा लाग्नु भएका नेपाली समाजका दुई अग्रणी समाजसेवी तथा गायिकाहरु सोमा खत्री र सबिना श्रेष्ठले हालसालै नारी चेतनामूलक गीत- “बोकी सधैँ दुनियाँमा चेतनाको भारी….”को अडियो तथा भिडियो सार्बजनिक गर्नुभएको छ । Find More …

आभिनय यात्रामा मोडल कलाकार अनुराज नेपाली

कसरी भनुँ नजाउ भनि जानुछ तिमीले,
टाढिनै पर्यो रोएर अब भेट् होला कहिले !
हाम्रो भेट् होला कहिले !

लोकप्रिय गायक आनन्द कार्कीको स्वर, चर्चित गीतकार देवदत्त भट्टको रचना अनि सामवेदको संगीतको एउटा कर्णप्रिय गीत नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ । सुन्दा मिठो लाग्ने निर्देशक विजयराज भुर्तेलको निर्देशनको यस गीतलाई उत्कृष्ट म्यूजिक भिडियो मार्फत अझै सुनमा सुगन्धझैँ पारेका छन् मोडल कलाकार अनुराज नेपालीले । अन्य कलाकारहरुको‌ साथमा आफ्नो कुशल अभिनय प्रस्तुत गरेर यस गीतलाई न्याय गर्न सफल उनै कलाकार मोडल‌ अनुराज नेपाली‌को कलाकारीता पेशा हिजो आज ब्यवसायिक‌ रुपले अगाडी बढिरहेको‌ छ । Find More …

गीतकार देवदत्त भट्टको “मर्नु भन्यौ भन्नलाई त”

हामीले सुन्ने गरेका छौँ कि- प्रेममा सफल‌ हुने मान्छेहरु प्रेमको शिखरनै पुग्ने गर्दछन् । प्रेमको शिखर अर्थात प्रेम शिखर छुन प्रेममा निकै समर्पण चाहिन्छ। प्रेम एक यस्तो चिज हो जुन कसैप्रति बसिसकेपछि छुट्न छुटाउन कठिन पर्दछ,आफुले मन पराएको‌ मान्छेले वास्ता नगरेपनि उस्लाई नै पछ्याईरहने ईच्छा जागिरहन्छ, उसले घृणा गरेपनि, घात गरेपनि खुशिका साथ उसैलाई नै सबथोक ठान्ने विशाल सोचाई हुन्छ । हो यस्तै मर्मस्पर्शी प्रेमभाव प्रस्फुटित भएको सुन्दा आनन्द आउने कर्णप्रिय एउटा गीत र यस गीतमा आधारित म्यूजिक भिडियो अहिले यु ट्युब मार्फत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरिएको छ । चर्चित युवा गीतकार देवदत्त भट्टको कुशल‌ गीत लेखनको अर्को उत्कृष्ट सृजना स्वरुप आएको यो गीत “मर्नु भन्यौ भन्नलाई त” साँच्चैनै समर्पित प्रेमको उच्च भावनात्मक स्वरुप झैँ लाग्दछ ।
मर्नु भन्यौ भन्नलाई त, मर्न कहाँ सक्छु र म !
प्रेम शिखर नछोईकन झर्न कहाँ सक्छु र म ! Find More …