बिशाल गुरुङले करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गित मा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। अहिले पछिल्लो पटक उनको शब्द , संगीत अनि स्वर मा नया गित सार्बजनिक हुदै छ। गीतको बोल रहेको छ “भोलि जब म हुन्न यो संसारमा” । संगै हुदा माया बझ्न नसकेको तर बिछोड भैसकेपछि कमि महसुस हुने , याद आउने , अनि उसले गरेको माया को महत्व बुझ्ने कुरालाई गित मार्फत ब्यक्त गर्न खोजियको छ।
रिबेल क्रियसनले बजारमा ल्याउने गितमा आफुले निकै मिहिनेत गरेको अनि अहिले सम्म संगीतमा सिकेको कुरालाई प्रयोग गरेको बिशाल बताउछन। धेरै धेरै बधाई तथा शुभकामना छ गित ले सोचे भन्दा धेरै सफलता दिलाओस ।
गायिका सिर्जना कार्कीले नया गजल सार्बजनिक गरेकी छिन् । सक्रिय संगीतकर्मी श्रीकृष्ण बम मल्लको शब्द अनि संगीतमा तयार भयको उक्त गजलमा राम्रो काम गर्दा खोज्दा नराम्रो परिणाम भोग्न परेको कुरालाई ब्यक्त गर्न खोजियाको छ। गायिकाले पहिले गायका सांगीतिक कोशेली भन्दा फरक लाग्ने यो कोशेली श्रोताका लागि अनुपम उपहार हुन सक्छ।