सन्जिब कुमारको अर्को तयारी “अस्तित्व”

संगीतमा तल्लिन सन्जिब कुमार पौडेल नवलपराशी देखि राजधानी सम्म संगीतलाई संग संगै लियर अगि बढिरहेका छन्| हुन त उनि पेशाले शिक्षक हुन् तर गित संगीत जीवनको अभिन्न अंग बनिसकेको छ| एक पछि अर्को गित एल्बम निकाल्दै अगि बढ्नेक्रममा उनि लागिपरेका छन्, आगामी तेस्रो एल्बम “अस्तित्व”को तयारीमा| उक्त एल्बम मा नारायण कंडेलका शब्द अनि सन्जिब र रेखा पौडेलको संगीत रहने छ|
उक्त एल्बम अस्तित्वबाट छैनन् शब्द नै बाँकी बोलको गित सार्बजनिक गरेका छन्| यो गीतमा नारायण कंडेलको शब्द रहेको छ भने सन्जिब आफैले संगीत भरेका छन् र सहस शाक्यले संगीतासंयोजन गरेका छन्| बिन्दबाशिनीको ब्यानरमा सार्बजनिक गीतमा वियोगका भावनालाई सुमधुर संगीतमा प्रश्तुत गरियको छ| शुभकामना छ अस्तित्व समुहलाई, संगीत क्षेत्रमा यो एउटा कालजयी सग्रह बनोश|