तहल्का पिटदै प्रमोद खरेलको नया गीत ” चल बतास चल”

chal batas videoनेपाली गित संगीतका पारखीलाई कहिले गजल त कहिले आधुनिक अनि कहिले डानसिङ्ग गित ल्यायर हंगामा मच्चाउने गायक प्रमोद खरेल अहिले करिब एक महिना लामो अमेरिका तथा क्यानाडाका सांगीतिक कार्यक्रममा व्यस्त छन्| एका तिर स्टेजबाट मनोरंजन दियिरहेका छन् भने अर्का तिर नाचौ नाचौ लाग्ने गित सार्बजनिक गरेर मनोरंजन दियिरहेका छन्| एक हप्ता अगाडी अडियो अनि ३ दिन अगि मात्र भिडियो सहित सार्बजनिक भयको उनको पछिल्लो गित/गजल ” चल बतास चल”ले तहल्का मच्चाउदै छ|यति छोटो समयमानै आधा लाख भन्दा धेरै भिउज पाइसकेको गीतको चर्चा बढने क्रममा छ| उनले गाउदा यो गीतलाई ओनस मोर भन्ने डिमाण्ड आउछ|

chal bataasगजलकार शितल कादम्बिनी गुरुङको सृन्गारिक सब्द्लाई संगीतकार अर्जुन पोखरेलले बलिउड स्वादका साथमा भरपुर मिठास थपेर संगीत मात्र दियका छैनन्, संगीतसंयोजन पनि गरेका छन्| अनि प्रमोद खरेलले आफ्नो उत्कृट गायनद्वारा प्राण भर्ने काम गरेका छन्| तेसैले पनि यो गित धेरैको प्रिय बन्दै गयको छ|दीक्षा क्रियसनको प्रस्तुति रहेको उक्त गितको भिडियो दिपक आचार्यको निर्देशनमा बनेको बनेको छ| उक्त भिडियोमा गायक प्रमोदको साथमा नायिका तथा मोडल नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ| अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्| भिम फेदी गाइजको आकर्षक कोरियोग्राफी अनि निर्त्यले पनि गीतको भिडियोलाई आकर्षक बनायको छ|