गौरीघाटमा खुलेको सुबिधा सम्पन्न रोयल सुटिंग स्टुडियोको उद्घाटनसंगै एक कार्यक्रमका बीच फिल्म “नकाव”को औपचारिक घोषणा गरिएको छ।
बरिस्ट कलाकार एबम निर्देशक कृष्ण मल्ल, बरिस्ट निर्माता छबी राज ओझा , साहित्यकार एबम गायक सुरेन्द्र महर्जन “अमर ” र नायक सबिन श्रेष्ठले एकसाथ उक्त सुटिंग स्टुडियोको उद्घाटन गरेका थिए ।
स्टुडियोको उद्घाटन र अबलोकन पश्चात सरप्राइज शोरुप फिल्म “नकाव”को निर्देशक रोशन श्रेष्ठले घोषणा गरेका थिए। सुनिल कटुवाल फिल्म्सको प्रस्तुति रहेको उक्त फिल्ममा सुनिल कटुवालको लगानी रहने छ भने मुख्य कलाकारहरुमा नायक सबिन श्रेष्ठ ,नायिका नीता ढुंगाना र सिल्पा पोख्रेल रहेका छन् । साथै राम केशर बोगटी ,दिनेश जंग , सुनिल कटुवाल ,अदिति श्रेष्ठ, निजल लामा, जिबन साही लगायतका कलाकारहरु पनि फिल्ममा रहने छन् | जेठको पहिलो साता बाट छायांकन सुरु हुने फिल्म “नकाव”लाइ रामेश्वर कार्कीले खिच्ने छन् भने यसमा संगीत राम कार्की र राज कुमारको हुनेछ । फिल्मलाइ निकै लामो समय देखि कला क्षेत्रमा संलग्न रहेका निर्देशक रोशन श्रेष्ठले निर्देशन गर्नेछन् भने कथा पनि निर्देशक रोशन श्रेष्ठ कै रहेको छ ।