“छाया बनेर…” आयिन शितल

shitalकानुन ब्यबशायी शितल पाण्डे चर्का कानुनि बहसका साथमा सुमधुर गित संगीत सृजनामा तल्लिन छिन्| केहि समय देखि संगीतलाई समानान्तर रुपमा अगाडी बदौने क्रममा ६ ओटा गित गजल समाबेस “शितल” एल्बम सारबजनिक गरिसकेकी छिन्| उक्त एल्बममा रहेको “छाया बनेर म तिम्रो पछि पछि आउला” बोलको गित हालै भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि मात्र सार्बजनिक भयको “नहुने पो हो कि सपना पुरा” बोलको गीतले उनलाई राम्रो हौसला प्रदान गरेको थियो|

छाया बनेर तिम्रो पछि पछि म आउला, नमेटिने माया तिमि संगै लाउला, तिमि मेरो जीवन हौ जस्ता समर्पित भावनालाई सब्दमा उतारेर संगीतबद्ध गरेकी छिन् शीतल स्वयमले| आफ्ना सांगीतिक गुरु गायक मनोज राजले गायनमा साथ् दियका छन्| जसलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन्|

गीतको भिडियोमा पुस्कर भट्टको निर्देशन छ भने खेमु र चन्दाको अभिनय रहेको छ| उक्त म्युजिक भिडियोलाई राहुल राईले छायाँकन गरेर अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।