गायिका सिने गुरुङ्गले निकैनै मार्मिक एउटा मन छुने गित ल्यायाकी छिन| गीतकार मनिष बासिस्टले रचना गरेको गित “आसु अनमोल छ”लाई संगीतकार Ryan आलेले निकै मिहिनेत गरेर संगीत बद्दगरेका छन् भने बिशाल र रोहितले तेस्मा संगीत संयोजन गरेर गीतलाई उत्कृस्ट बनाउने प्रयास गरेका छन्| सिने गुरुङ्गको स्वोरले गीतलाई जिवन्त बनायको छ| कम गित गाउने तर राम्रा गित गाउने गायिका सिने गुरुङ्गको सांगीतिक परिवार छ| रोजेश श्रेष्ठ आफैमा एउटा राम्रो संगीतकर्मीका साथै भिडियो मेकर पनि हुनुहुन्छ, उहाले नै यो गीतको भिडियो निर्माण गर्नु भयको छ, क्यामेरा, सम्पादन अनि निर्देशन सबै उहाको नै रहेको छ|
समग्रमा एउटा राम्रो सब्द सोहि अनुसारको संगीत अनि संगीत संयोजन र स्वोरांकन रहेको छ| अलि भावनात्मक गित मन पराउने श्रोतको लागि एउटा राम्रो खुराक बनेको छ यो गित| शुभकामना छ “आसु अनमोल छ” गीतसँग सम्बन्धित व्यक्तिवहरुलाई|