दर्पणछायाँ २ को शुभमुर्हत

१५ बर्ष पहिलाको सुपरहिट नेपाली फिल्म दपर्ण छायाँको सिक्वोलको रुपमा निमार्ण हुन लागेको दपर्ण छायाँ २ को सोमवार राजधानिमा एक कार्यक्रमको बिच शुभमुर्हत गरिएको छ। नेपाली फिल्म जगतमा दिलीप रायमाझी, उत्तम प्रधान निरुता सिंहजस्ता भेट्रान कलाकारहरु जन्माउन सफल दपर्णछाया को दोस्रो भाग पनि तुलसी घिमिरेकै कथा र निर्देशनमा तयार हुने भएको छ। चिनो, दक्षिणा, लाहुरे, दर्पणछायाँ जस्ता हिट फिल्म दिईसकेका तुलसी घिमिरेले फिल्म दर्पणछायाँ २ मा पनि नयाँ अनुहारलाई भित्र्याउने भएका छन्।एक सफल फिल्म निर्देशकका छवी बनाएका घिमिरेले दपर्णछायाँ २ ले पनि पुरानो दर्पणछायाँको जस्तो भाव र कथा बोक्ने बताएका छन्।

‘१५ बर्ष पहिलाको दर्पण छायाले जस्तो कथाबस्तु बोकेको थियो त्यस्तै प्रकारको ईमोशनल स्टोरीनै यस सिक्वोलमा पनि रहने छ र म दर्शकको आशालाई मर्न दिन्न र पुरानै फिल फिल्म भित्र जगाउने छु’ घिमिरेले भने। साहारा फिल्म प्रडक्सनको प्रस्तुतीमा बन्ने यस फिल्म मार्फत म्यूजिक भिडियो मोडल पुष्पल खड्का नायकको रुपमा डेब्यू गर्दैछा भने नायिकाहरुमा साहारा कार्की र शारदा प्रसाई रहने छन्।अन्य कलाकारहरुमा सरोज खनाल, बि.एस राना, शेरबहादुर, सुमन घिमिरे, जिवन आचार्य, अशिम शेर्पा, फिरोज तिमल्सेना आदी रहने छन्। फिल्ममा डाक्टर लोप्साब लामाको प्रस्तुती तथा सबु गदाल कार्की र रवी कार्कीको लगानी रहने छ।फिल्म भित्र सिनेमाटोग्रफरको रुपमा शिव ढकाल र रामेश्वर कार्की त्यस्तै म्यूजिक डिरेक्टरको रुपमा रणजित गजमेर र चन्दन लोम्जेल रहने छन्।पूर्णतया प्रेम र वियोगको कथा वरपर घुम्ने फिल्मको सुटिंग काठमाडौं , पोखरा, दार्जलिङ्ग लगायतको ठाउमा हुने छ।