डि पी भरेलीका शब्दलाइ गायक सन्जिब कुमारले संगीतबद्ध गरेर दशैँ तिहार गित गायर भिडियो सहित सार्बजनिक गरेका छन्। नेपालीहरुको महाना चाड विजया दशमी तथा शुभदिपावलीलाई लक्षित गरि निकैनै मार्मिक गीत “धनको बाला” को भिडियो सार्वजनिक गरेका हुन् । दशैँ तिहार आए संगै गाउघरमा आउने खुशीयालीको वर्णन गर्दै उनले खेतमा लहराईरहेका धानका बाला र आगनीमा फुलेका मखमली सयपत्रीले ल्याएको शुन्दरतालाई प्रस्तुत गरेका छन । यसको भिडियो गायक पौडेलको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोलाई राजेश घिमिरेले छायाङ्कन तथा दिपक विष्टले सम्पादनमा गरेका छन् । भिडियोमा काजिस श्रेष्ठ लोमस शर्मा,अर्जुन गौतम, फारिता खड्का,परिमीता राजघटानी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । “धनको बाला” समुहलाई बधाई तथा शुभकामना छ।