सन्जिब कुमारको नयाँ गीत “धेरै चोटी जिन्दगीमा” सुन्नुहोस

गायक सन्जिब कुमार पौडेलले एक पछि अर्को नयाँ गीत सार्बजनिक गर्ने क्रममा आगामी चौथो एल्बम “अन्जान” बाट “धेरै चोटी जिन्दगीमा” बोलको गीत बिन्दबाशिनी म्युजिकको युत्युब च्यानल मार्फत शाब्दिक अडियो सार्बजनिक गरेका छन्| खगेन्द्र दाहालको एकल रचनामा तयार हुने उक्त एल्बम “अन्जान”का निर्माता पनि गीतकार नै हुनुहुन्छ| “धेरै चोटी जिन्दगीमा” बोलको गीतमा गीतकारका मिलन बिछोडका शब्दलाइ गायक सन्जिब कुमारले आधुनिक सैलिमा संगीतबद्ध गरेर गायका छन्| जसलाई आमोस तामांगले संगीत संयोजन गरेका छन्|