श्रीकृष्ण बम मल्लको गायन यात्रा

बागलुंग जिल्लामा जन्मियाका संगीतकर्मी श्रीकृष्ण बम मल्ल कुशल भलिबल खेलाडी पनि हुन्| सांगीतिक परिवार रहेको मल्लकी श्रीमती लक्ष्मी पनि गायिका हुनुहुन्छ| खेल पछि संगीतमै समर्पित मल्ल सुरुमा गायकको रुपमा अगाडी बडन चाहन्थे तर स्वाथ्यले साथ् नदिय पछि गित लेखन, संगीत भर्ने , अभिनय गर्ने तथा गराउने काममा व्यस्त रहदै आयका छन्| दर्जनौ कालजयी गीतसंगीत श्रीजना गरिसकेका मल्लले अब आफ्नो गायन यात्रा निरन्तर गर्ने भयका छन् , राजु गिरी प्रोडक्सन तथा शुभेच्छा थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘शिवम’को गीत ‘डोली लिइ आउनु’ गीतबाट| लोकदोहोरी धारको यो गीतमा श्रीकृष्ण बम मल्लले शब्द , संगीत र स्वर दियका छन्| उक्त युगल गीतमा उनलाई गायिका रेश्मा के.सी.ले साथ दिएकी छन् ।

यस चिलचित्रमा निर्देशक गिरीले संगीतकार श्रीकृष्ण बम मल्ललाई चलचित्रका गीतमा डेब्यु गराएका छन् । त्यसैगरी डान्स डाइरेक्टर जीवन ज्ञवाली, नायक सोहम भेटवाल यसै चलचित्रबाट डेब्यु गदैछन । चलचित्रमा शुभेच्छा थापा, रवि गिरी, राजकुमार थापा, रश्मि भट्ट, पल्पसा डंगोलको अभिनय रहेको छ । शुभकामना छ श्रीकृष्ण बम मल्ललाइ उनको सांगीतिक यात्रा निरन्तर शिखर चड्दै जाओस|