गायक रुपक डोटेलको स्वरमा रहेको सत्य घटनामा आधारित गीत ‘एक्लो जीवन’ भिडियो सहित सार्वजनिक भएको छ । हरि बहादुर बस्नेतको शब्द, वरिष्ठ संगीतकार शक्ति बल्लभको सङ्गीत र मनोहर सुनामको संगीत संयोजन रहेको गितको भिडियो ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरियको छ ।
रमेश कोईरालाले निर्देशन गरेको म्युजिक भिडियोमा दिनेश के सी र कशिस दाहाल को अभिनय रहेको छ । रवी चन्द्रले खिचेको भिडियोलाई जितेन्द्र राजोपाध्यायले सम्पादन गरेका छन् । प्रतिक मिडिया हाउस को प्रस्तुति रहेको यो गीतको सम्पूर्ण टिमलाई, बधाई तथा शुभकामना रहेको छ।