इरा र प्रेमको गायनमा उपस्थिती

iraaaनेपाली सुमधुर संगीत जगतमा उपस्थिती नामक एक नयाँ एल्बम थपिएको छ । पती प्रेम न्यौपानेको लेखन्लाई इराले गायनमा प्रस्तुत  रेकिछिन। यस एल्बममा संगीत समेत प्रेम इराको नै रहेको तथा प्राय गीत वियोगान्त र कर्णप्रिय छन् । यो मेरो मनको भन्ने बोलको गीत हाल मिडिया युट्युबमार्फत सार्वजनिक भइरहेकोछ र गीतले राम्रो उपस्थिती पनि जनाइरहेको छ । यस गीतको सिक्वेलको रुपमा भन पागलभन भन्ने गीतलाई पनि सार्वजनिक गर्ने तरखरमा लागेको न्यौपाने दम्पत्तीको भनाइ रहेको छ ।अहिले गीत सुन्ने मात्र नभई हेर्ने जमाना पनि रहेकोले गीतमा नै कथाको प्रयोग गरी प्रस्तुतीदिन खोजेको गायिका इराले बताइन ।

premत्यस्तै यस एल्बमका अन्य गीतहरुमा पनि प्रयोग नैगरिएको गायिकाको कथन रहेको छ । तिमी मान या न मान भन्ने गीतलाई सेलो ¥याप रमोर्डन गरी तीन किसिमबाट प्रस्तुत गरिएको छ । तिम्रो दिप बालेर भन्ने बोलको गीत भनेइराको आफ्नै पुरानो गीतको रिमेक भएको कुरा गायिकाले प्रष्ट्याइन् । दर्शकहरुको रुचि अनुसारअन्य गीतहरु पनि रेकर्डिंङ्ग हुने तरखरमा रहेका छन् र उपस्थिती २ मा सार्वजनिक गराइने समेत गायिका इराले खुलाईन । इराको आगामी गायन यात्राको सफलताको शुभकामना।