प्रकाश द्वारा निर्देशित राजकुमार श्रेष्ठको “एउटा गाउँ थियो”को भिडियो सार्बजनिक.

prakshनेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्न धेरै श्रस्टा र सर्जकहरु छ्न । यसै क्रममा लामो समय देखी नै अत्यन्तै संगीतलाई माया गर्ने एक कुशल गितकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ । उनको राजकुमार एल्बममा समाबेश गित “एउटा गाउ थियोको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

भिडियोमा गाउँमा भएकी आफ्नी प्रेमिका लाई शहरबाट गाउँमा भेट्न आएको कथा बस्तु देखाएको छ । नेपाली तारा 2 का बिजेता सन्तोष लामाको आवाज रहेको भिडियोमा सन्जय पौडेल र कृस्टिना थापाको फिचरिङ हेर्न सकिने छ । यसैगरि गितमा राजकुमार श्रेष्ठको आफ्नै शब्द / संगीत रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन ।

टेकेन्द्र शाहको ईडिट रहेको भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन । यसै गरि भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।