खुल्यो काठमाडौंमा फिल्म पढाउने एकेडेमी

13549007_537622126439421_2097862791_oफिल्मका सबै क्षेत्रको बारेमा ज्ञान हासिल गर्न चाहनेहरुको लागी राजधानिको मिनभवनमा खुलेको एभेष्ट फिल्म एकेडेमीले बुधवार आफ्नो एकेडेमीको पहिलो ब्याचका विद्यार्थीहरुलाई ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। फिल्म क्षेत्रसंग आबद्ध बरिष्ठ फिल्मकर्मीहरुको संग्लनता रहेको यस एकेडेमीले पहिलो ब्याचलाई फिल्म निर्देशन, अभिनय, सिनेमाटोग्राफी र दृश्य सम्पादनको कक्षा संञ्चालन गर्ने भएको छ।

नेपालमा निजि क्षेत्रबाट पहिलो बाट खोलीएको एकेडेमीले हरेक बिधाका बिद्यार्थीलाई एक बर्ष सम्म समग्र फिल्म क्षेत्रको बारेमा ज्ञान प्रदान गरिने एकेडेकीका प्रेसिडेन्ट कलाकार सुनिल थापाले बताए। ‘हाम्रो एकेडेमीको मूल उद्देश्य भनेकै सिर्जनशील व्यक्तिको प्रतिभालाई निर्खादै नेपाली फिल्म क्षेत्र लाई संम्बृद्ध बनाउने जनशक्तिको विकाश गर्ने हो’ थापाले बताए। उल्लेखनीय बिद्यार्थीहरुको उपस्थिती रहेको ओरेन्टेसन कक्षामा थापाले नेपाली युवायुवतीहरु एभरेष्ट फिल्म एकेडेमीमा पढेर बलिउड हलिउडमा काम गरेको देख्न पाउने सपना समेत पालेको बिद्यार्थीहरुलाई बताए। यता ३ बर्षको अथक मिहिनेतबाटनै ऐकेडेमीको स्थापना गर्न सकेको बताउने एकेडेमीका सिइओ प्रकाश पुरीले सपना पालेका आएका बिद्यार्थीको सपना साकार पार्नको लागी काँध थाप्न तयार रहेको बताएका थिए। निर्देशक उज्वल घिमिरे डिरेक्टर रहेको एकेडेमीले एक बर्षमा कुनै एक बिधामा दक्ष बिद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको घिमिरेको कथन छ। कार्यक्रममा निर्देशक एवम् कलाकार निश्चल बस्नेतले पनि आफुले फिल्म मेकिङ्ग पढ्दाका अनुभव सुनाउदै बिद्यार्थीहरुमा हौसला प्रदान गरेका थिए।

13559082_1196989257012373_5651850497780000525_o
टिमर्वकको रुपमा काम गरिरहेको एभरेष्ट फिल्म एकेडेमी विश्व बस्नेत फ्क्यल्टी डिरेक्टर, ज्योत्सल राजभण्डारी प्रशासकीय निर्देशक छन भने गौरी मल्ल, गंगा तिवारी, रेनेशा राई, चन्द्र पन्त, टंक चौलागाई जस्ता कलाकारहरुले बिद्यार्थीहरुलाई अभिनय नृत्य र द्धन्दका बारेमा ज्ञान प्रवाह गर्ने छन। प्रेम उपाध्याय, बिष्णु कल्पित, रजनी पन्त, दशरथ गिरी जस्ता प्राविधीकहरुले फोटोग्राफी, सिनेमाटोग्राफी, सम्पादन जस्ता कक्षा लिने छन्। सैद्धान्तिक भन्दा व्यवहारीक शिक्षामा जोड दिने बताउने कलाकार गौरी मल्लले एकेडेमीले बिद्याथीहरुको भविष्यको ढोका खोलीदिनेमा ढुक्क रहन आग्रह गरीन्। यता ओरेन्टेनसमा उपस्थित बिद्यार्थीहरु पनि लामो समयपछि देश भित्रै फिल्म पढ्ने ईन्टिच्यूट पाउदा खुसी देखिन्थे।