हरेक कलाकार चाहन्छन कि आफ्ना श्रोता दर्शकका लागि केहि फरक स्वाद पस्कु तर कति कुरा चाहेर पनि पुरा भैरहेका हुदैनन् । कति कुरा मौका संजोगले सोचे भन्दा अगि नै पुरा हुन्छन ।केहि समयको प्रयाश पछि एउटा सन्जोग जुरेको छ नया संगीत सिर्जना गर्ने । चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि प्रमोद खरेलको स्वरमा एउटा फरक गित “गहिराइ” सार्बजनिक भयको छ।
महिलाको सुन्दरताको बयान गर्न प्रयोग हुदै आयका विभिन्न रुपक भन्दा फरक शब्दहरु जस्तै गहिराइ डुब्ने आँखा, अरनिको मुर्ति भन्दा मिलेको जिउडाल , मेनाकाले उदार माग्ने सुन्दरता, चन्द्रमा भन्दा उज्यालो अनुहार, मदनलाई मुनाको याद बर्साउने आदि को प्रयोग रहेको गीतलाई मिठास पूर्ण तरिकाले संगीतबद्ध गरियको छ । जसरि आफ्नी प्रेमिकालाई तिमि राम्री छौ भन्दा नम्र तरिकाले व्यक्त गरिन्छ तेस्तै सूथिंग मेलोडी मा संगीत भरियको छ। प्राय गीतमा सुनिने भन्दा फरक टोनमा गायक प्रमोद खरेलले स्वर भंरेका छन् । यिनै कारणले फरक प्रयास हो “गहिराइ” जुन गहिरहिमा जहिले पनि डुब्न सकिन्छ कुनै सिजन, कुनै बर्ष पर्खिनु पर्दैन ।
भिडियो सहित सार्बजनिक गरियको उक्त गीतलाई निकेश खड्काको निर्देशनमा पुस्कर कार्की र सुवेक्षा अधिकारीको अभिनयलाई बुद्ध थापाले छायांकन गरि बिकाश धमलाले सम्पादन गरेका छन् । बधाई तथा शुभकामना छ “गहिराइ” समुहलाई ।