बिहीवार दिउसो गायक दीप श्रेष्ठको अनामनगर स्थित घरमा पुग्दा उनी वरपरी बाद्यवादकले घेरिएर आजको एकल साझको लागी साधनारत थिए।साधना गर्नु दैनिकै भईसकेको बताउने श्रेष्ठले आज साझ प्रज्ञा भवनमा सामाजिक कार्यको लागी धित मरुनञ्जेल गीत गाउने तयारीमा जुटेका छन्। लामो समय पश्चात देश भित्रको एकल साँझमा देखा पर्न लागेका श्रेष्ठलाई धनकुटेली चेलीवेटी र दाजुभाईको समुहले एकल साझमा उर्तान लागेका हुन्।
नेपाली संगीतजगतमा एउटा ब्राण्ड बनिसकेको दीप श्रेष्ठको नाम लिनाको साथ दर्शक श्रोतामा म पत्थरको देवता होईन, म त दूर देखी आए, हररात सपनीमा, कति कमजोर रहेछ मुटु जस्ता बोलका गीतहरु झट्ट आईहाल्छ। हरेक कार्यक्रममा यहि यस्तै तहरुको माग मात्र हुनेगरेकाले नयाँ गीतहरुले चान्सनै नपाएको गुनासो पख्दै गर्दा श्रेष्ठले आफुले नयाँ गीतहरु हिट गीतहरुको बिचमा घुसाएर गाउने परेको दुखेसो प्रकट गरे। हरेक गीत संगीत सर्जकको छोरा छोरी जस्तै रहने भएकाले पनि दर्शक श्रोतालाई सबै गीतलाई उत्तिकै माया गरिदिन आग्रह गर्दै श्रेष्ठले नयाँ गीतसुन्ने हिम्मत राखेको खण्डमा मात्र नयाँ एल्बमलाई बजारमा लान सक्ने बताए। हरेक कार्यक्रममा रेडियो नेपालमा पहिलो पटक रेकड भएको विजय श्रेष्ठको गीत म पत्थरको देवता होईन बोलको गीत गाउने प्रथालाई चिर्दै यस पटकको साझमा भने उनको चल्न नसकेको पहिलो आफ्नो रचना सुनिदेउ सानो हुदाको कथा गाउने तयारीमा जुटेका छन्।
धरानमा २००७ सालमा जन्मेका दीपलाई जन्मेको दुई तिन दिनमै धनकुटा पुर्इएको थियो। काग्रेसले क्रान्तिको तयारी गरेको बेला सुरक्षाको लागी दीपलाई उनका पिताले माथिल्लो कोप्चे पुर्ईएका थियो। घरकै संगीतिक माहोलबाट हुर्किएका दीपले सानै बाट गीत गाउन सुरु गरे। सुरुमा केटीको स्वरमा गीत गाउने गरेका दीपले क्याम्पस पढ्न थालेसंगै केटाको स्वरमा गीत गाउन सुरु गरेका थिए। घर नजिकैको धरान संस्कृतिक संस्थामा गएर बजाउने गाउने गरेका उनले २०२५ सालमा पहिलो पटक भिमनिधि तिवारीको नाटक सिलान्यासमा स्वर दिन मौका पाउदै काठमाडौं आए। तत्कालिन राजा महेन्द्रको आदेशमा नाटकमा गीत गाउने सबैलाई रेडियो नेपालमा गएर गीत रेकड गराईदिनु भनेसंगै पहिलो पटक रेडियो नेपालमा गएर दीपले गाएको गीतनै थियो म पत्थरको देवता होईन्।पहिलो गीत रेकड भएसंगै संगीतको मोहले हुटहुटी बनाएको बताउने उनले दुई पटक तेस्रो भएर पनि २०३० मा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितमा प्रथम भए। अहिले सम्म दुई आधुनिक एल्बम दृष्टि र श्रंखला साथै एक भजन संग्रह बजारमा लेराएका उनले आजकलको ट्रयाक सिस्टमलाई कटाक्ष हान्दै ट्रयाकको चलनले आफुमा गीत गाउने उर्जा समेत मरेको बताउछन्। प्रत्युक्ष संगितमा मात्र गीत गाउनु शैली बनाई सकेका उनले बिदेशको कार्यक्रममा समेत बाद्यवादकको चाजोपाजो मिलाएर मात्र जाने गरेको बताउछन्। आजको एकल साझमा समेत दीपले ७ जना बाद्यवादको प्रत्यक्ष संगीतमा गीत गाउने तयारीमा जुटेका छन्। आफ्ना २२ वटा गीतहरु २ घण्टाको समयमा गाउनको लागी साधना गरिरहेका दीपलाई आज पत्नि सोफिया र जेठी छोरी दृष्टिले साथ दिने छन्। संयुक्त गाएन र कोरसमा साथ दिने तयारीमा रहेको दीप पत्नि र छोरी समेत
हौस्एिका छन्। उठेको सम्पूण रकम आफ्नो दाजु रामनारायण श्रेष्ठको सपना पुुरा गर्न लगाउने बताएका दीपले उठेको रकम बाट धनकुटामा अबस्थित विश्रान्ती मन्दिरको बिकास र बेलाहारा स्थित मूलघाटमा रहेको वृद्धा आश्रमको लागी खर्चने बताए। ‘हुर्के बढे पढेको ठाउको बिकासको लागी सानो भने पनि योगदान गर्न पाउदा गर्व महसुस भईरहेको छ।’ दीपले भने।
एल्बमको बिक्रि नहुने भएकाले पनि नयाँ एल्बमको तयारीमा जुट्न नसकेको बताउने उनले ६०/७० गीतहरु कम्पोज गरेर राखेको जनकारी गराए। कम्पोजका केहि गीतहरु पनि आज साझ सुनाउने तयारीमा रहेका उनलाई ज्योती घिमिरे, बिक्रम कार्की, माणिकमान सिंहले गीतार बजाएर दिनेशले रेग्मीले किर्वोड, बुद्ध लामाले बासुरी सुन्दर मर्हजनले अक्टोप्याड र सम्भु बानियाले तवलामा साथ दिने छन्।