गोर्खाली तक्माको वाल्किंग फिरिरी हेर्नुस

gorkhaliiiiiiiiiनेपाली म्युजिक फिल्डमा नया नया प्रतिभा आउने नया नया  प्रयोग गर्ने क्रम जारि छ| कहिले सब्दमा , कहिले संगीत त कहिले भोकल श्रोतालाई केहि फरक स्वाद दिन संगीतकर्मी दिनरात खटीरहन्छन| यसरि अथक प्रयासको प्रतिफल स्वरुप आयको छ गोर्खाली तक्मा ब्याण्डको “वाल्किंग फिरिरी” | गोर्खाली तक्मा २०१३ ए डी मा धापासीमा जन्मियको ब्याण्ड हो | उनिहरुले नेपाली बाजालाई वेस्टर्न बाजा संग फ़िउजन गरायर नया संगीत श्रीजना गर्ने गर्छन| “वाल्किंग फिरिरी” मा पनि तेही कुरा पाउन सकिन्छ सरंगिलाई गितार संग मिसायर यस्तो मिठासपूर्ण पारीयको छ किसुनौ सुनौ लाग्छ बिस्तारै सब्द पनि क भन्छन भनेर सुन्न मन लाग्छ अनि तेही अनुरुपको भिडियो छ जुन कुन कुन ठाउमा जान्छ भनेर जिज्ञासा लागिरहन्छ | कता कता कोकको बिज्ञापन गरे जस्तो पनि लाग्न सक्छ |

मिठासपूर्ण संगीतको ट्रयाक बनायाका छन् Chronic Beatz ले भने यसमा सारंगिलाई बजायाका छन् प्रिन्स नेपालीले| दी बेसमेन्ट स्टुडियो प्रस्तुति रहेको यो गित पुरानै क्लासिक टिउनलाइ नया तरिकाले नया बाजाको प्रयोगले मिठासपूर्ण परियाको गित हो | यसको भिडियोमा पनि क्यामेरालाई फरक फरक कोडबाट प्रयोग गरियको छ जसले गर्दा हेर्दा चलि आयका भिडियो भन्दा फरक देखिन्छ| यो एकदमै सत प्रतिसत perfect combination चाही पक्कै होइन तर २०१३ मा जन्मियको ब्यान्डले अहिलेनै यो गित दिनु पक्कै पनि प्रसंसनिय कार्य हो| यस्ता नेपालि मौलिकता बोकेका तर बिदेशी संग प्रतिस्पर्दा गर्न सक्ने संगीतकर्मीलाई हामी सबैले साथ सहयोग गर्न जरुरि छ | धेरै धेरै शुभकामा गोर्खाली तक्मा समुहलाई|