गुड्न थाल्यो किशोरको रेल

गायक किशोर सिवाकोटीको गित “गुडी जाने रेल” सार्बजनिक भयको छ| गायक किशोरकै शब्दमा संगीत भरेका छन् संगीतकार सुनिल मास्केले| लोक आधुनिक पप समिश्रण रहेको  गीतमा मन परेको मान्छेलाई फकाउने भाव व्यक्त गरियको छ| संगीतकार सचिन सिंहको संगीत संयोजन रहेको गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो | यो गित संगै किशोरको गीति रेल गुड्न थालेको छ|

विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी र पुष्पल खड्काको अभिनय रहेको छ| अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।