देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ । गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले ।
दिपक सिंहले निर्देशन गरेको भिडियोमा मोडल ममताले उत्कृष्ट अभिनय गरेकी छिन् । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् । भिडियोलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।