गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘हाम्लाई के को डर ’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा बस्दै आएका यी सांगीतिक जोडी ले यही शहरमा यो गीतको म्युजिक भिडियो बनायर आफ्नै युत्युब च्यानल सुरभी क्रियसन मार्फत सार्बजनिक गरेका हुन् ।
उक्त गीतमा संगीत संयोजन साहस शाक्यको रहेको छ| कोरस गायन मा साथ दियका छन् गायिका पबित्र गुरुङ , रिस्ता कोइराला र सन्तोषी बुर्लाकोटीले | दुर्गा गौतम र अस्मिता सुबेदीको कोरियोग्राफी रहेको यो भिडियोमा योजना भट्टराई , रिता गौतम, अस्मिता सुबेदी , मिना फुँयल , दुर्गा गौतम तथा कल्पना उप्रेती ले अभिनय गरेका छन् । डिजिएस फिल्म्सका धन गौतमले यो भिडियो निर्माण गरेका हुन्।
Dherai ramro geet didi le 24 hours sunnu hunxa aba dekhi.