Hot and sexy title राखेर गित युट्युबमा राख्ने singer को हैसियत ? 

hnsएउटा राम्रो सिङरले आफ्नो सुमधुर स्वोरले अरुलाइ मंत्र मुग्ध पार्ने हो । सुन्नेले पनि भनुन वा क्या राम्रो गायको सुनौ सुनौ लाग्ने । श्रोताले त्यो गितलाइ बरम्बार सुनिरहनुपर्ने तर बिडम्बना गित सुन्ने भन्दा हेर्ने सामाग्रि बनाइयो । सिंगर स्वमले गितलाइ सुन्ने भन्दा हेर्ने बनाउन पहल गरे। सुरुसुरुमा त रेडिओलाइ भन्दा टेलिभिजनलाइ प्राथमिकता दिय। पछि पछि टेलिभिजनमा पनि अनेक खाले गुट बन्दिका कारण सोचेजस्तो नभैरहेको बेलामा CRBT PRBT का अस्वस्थ खेल पनि बन्द प्रायः भय। तेहि  बेलामा युट्युबले सानो आसाको किरण के देखायो सबै जना फेसबुकको लाइकमा मक्ख पर्ने अनि युट्युबको भिउजमा गर्ब गर्न थाले अनि बिस्तारै थाहा भयो यताबाट केहि आम्दानि पनि हुन्छ अनि लागे  युट्युबको भिउज बडाउन तर्फ। 

मलाइ पनि जिग्यासा भयो  कसरि बडाउछन त भिउज ? कहिले राम्रो सिन भयको ठाउमा भिडियो खिचेर त कहिले राम्रा मोडेल राखेर त कहिले तिनै मोडेललाइ नंग्यायर तेति मात्र  कहा हो र गितको सिर्शकनै हट एन्ड सेक्सी राखेर ।  लाइक र भिउज् बडाउने धेरै उपाय मध्य एक बीग्यापन हो।

यसरि बडेको लाइक र भिउजमा सिंगरको के भुमिका ? के गित हट अनि सेक्सी हुन जरुरि छ ? हो हरेक प्रकारका , हरेक अवस्थाको बर्णन गर्दा यदा कदि कलात्मक् तरिकाले प्रस्तुत हुनु सामन्य हो तर भिउज बडाउनकै लागि तेसो गरिन्छ भने आफु सिंगर भयकोमा कसरि गर्ब गर्न सकिन्छ र ? जुन् भिउज् मोडलको सरिर अनि उस्को हाउभाउ हेरर बडेको छ तेस्मा सिंगरको के काम ? जुन् गित् हेर्दा कसैले थाहा पाउछ कि भनेर आवाज् बन्द गरेर हेर्नू पर्छ तेस्मा सिंगर हुं भनेर के गर्ब गर्नु ? जस्लाइ आफ्नो स्वोरमा भन्दा मोडलको सरिरमा बिसवास् छ तेस्ताले के को फुर्ति लगाउनु ? जुन् भिउज गित सुनेर भन्दा मोडलको सरिर अनि उनिहरुको क्रियाकलाप हेरेर बडेको हो तेस्मा गाउनेको भन्दा बदि अधिकार अभिनय गर्नेको हुनु पर्ने होइन र?