कतालागे हनुमाने र मंगली राफ्टिंग चढेर

nkg2आजकल टेलिफिल्म मेरी बास्सैका एक चर्चित जोडी हनुमाने र मंगलीको चर्चाले बजार तातेको छ| उनीहरु राफ्टिंग चढेर कतै गयको हल्ला चलिरहेको छ| बिहे गरेर घरजम गरेको हल्ला पनि आइरहेको छ| बास्तबिकता बुझ्न खोज्दा उनले भने “यसपाली त्यसै पनि बधाई धेरै खाइयो होउ”| तर यो प्रसंग मेरी बास्सैको उनको जोडी रजनी गुरुङ संग बेहुला बेहुलीको पहिरनमा अनि राफ्टिंगमा तैरिदै गरेको फोटाको हो| फोटो पत्रकार नबिन बाबु गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियोका उक्त दृश्यले उनीहरुलाई यस अवस्था सम्म ल्याईपुर्याएको उनले बताए |

साथि नबिनले आफुहरुको जोडीलाई सोचेर म्युजिक भिडियोको लागी स्क्रिप्ट लेखेको सुनाए पछि गीत संगै स्क्रिप्ट पढे पछि आफु राजि भएको उनले सुनाए | तर रजनीलाई धेरै कुर्नु पर्यो | गुरुङ चलचित्र संगै पोखरामा रहेर विभिन्न म्युजिक भिडियोहरुमा ब्यस्त उनिलाइ हंगकंगको कार्यक्रम सकुन्जेल कुर्नु परेको उनले सुनाए |
विकास उप्रेतीको स्वरमा रहेको हामी जाउँला है राफ्टिङ् चढेर बोलको यस गीतको म्युजिक भिडियोको एक ठाउँमा रजनी र बुद्धिलाई बेहुला बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाइन्छ | तर गाउँले मन मात्र परेको केटीले संगै घर सम्म जाउँ भन्ने प्रस्तावलाइ स्वीकारेर जाँदै गर्दा आफुले बेहुली बनाएर लागेको सिन मात्र रहेको उनले बताए | उक्त भिडियोको अन्त्यमा दुबैजना संगै राफ्टिंग चढेर हिडेको देखयियको छ|
चियाको चुस्कीसंगै कुराकानी आधा हुँदा हुँदै मण्डला थिएटरमा ब्यस्त रहेका उनि हिंडीहाले हामी भने युट्युबमा भिडियो हेर्दै उनको हर्कतलाई नियालेर हाँस्न थाल्यौं |
यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् | यस म्युजिक भिडियोलाइ जिबन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसंगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन |सोमबार मात्रै युत्युब संगै नेपाली टेलिभिजनका पर्दाहरुमा रिलिज गरिएको यस म्युजिक भिडियोको प्रतिक्रिया भने हेर्ने बाँकी छ | जे होस् रमाइलो बनेको यस म्युजिक भिडियोको सम्पूर्ण टीमलाई हार्दिक बधाई शुभकामना |