विपुलको बढ्दो क्रेज

bipulनेपाली संगित जगतमा हिजोआज युवाहरुको माझ एउटा नाम निकै नै चर्चित छ। पप र हिपपप गीत मन पराउने युवाहरु हिजोआज लोक शैलीको गितहरु समेत मनपराउन थालेका छन्। यसको सम्पुर्ण श्रेय जान्छ विपुल क्षेत्रीमा। भारतको पश्चिम बंगालको एउटा सानो गाउ कालिबपो∙को केटो जस्को मनभरी गीत संगित जगतमा केहीगर्ने सपना थियो।उही केटो अहिले नेपाली श्रोता दर्शकको मनमा हिरो बनेर बसेको छ। सुन्दर नगरीमा जन्मेर हुर्केका क्षेत्री वरपरका स्थानिय लोक शैलीका  भाकाहरुलाई टपक्क टिपेर कविता शैलीमा गाईएका गितहरु बाट रातारात हिट हुन पुगे। संगितमा अनोठौ मिश्रण भर्ने यनी गायकका गितहरुमा हिमालमा प्रतिध्वनीहरु गुन्जाएमान हुने गर्दछ। ओम माने पदणमे हुका तंरग आफना गितहरुमा भर्न माहिर विपुलका केही हिन्दी गितहरु ए दिवना,तक्दीर से,काविल हु समेत उतैकै चर्चित रहेका छन्।

शान्त हिमाली भुमिमा काटेका वासाल्य प्रेममय भावहरुलाई आफ्ना गितहरुमा भर्न रुचाउने विपुलले नेपाली संगितप्रेमी दर्शक श्रोताको लागी जुलाई २०१४ मा पहिलोपटक स्केच अफ दार्जलिब नामक एल्वम उपहार दिए। यसै एल्वमको असार, ढडेलो लाग्यो,तिमीलाई देखेपछि जस्ता बोलको गीतले नेपाली संगित वजार निक्कैनै ततायो ३३ बर्षे यिनै ठिटोको पहिलो एल्वमका सवै गितहरु एकाएक हिट भए। अलि सरल र सहज कवितात्मक शैलीका लाग्ने गितहरु युवापिढिमाझ लोकप्रिय बन्यो। यसै एल्बमको असार, डढेलो बोल गितवाट उनले २०७० को हिर्टस अवार्ड त्यसै गरी ईमेज अवार्ड समेत हात पारे।

गिटारको अलि फरक झन्कारसंगै कालिबपो∙को माटोको सुगन्ध भरीएको गित गाउनु नै उनको विशेषता हो। गित र जन्मेको माटोले मनमा गहिरो प्रतिविम्व गढेर रहेको बताउने विपुलले संगितको मधुर आवाज अमर रहने दोस्रो एल्वम वाईल्डफाईरको राम साहिलीबाट पुष्टि गरे । सपना र आफ्नो मनको चर्किरहेको भावलाई वाईल्ड फाईरमार्फत चित्रण गरेको विपुल बताउछन। वरपरको वतावरणले नै गित गाउने बनाएको बताउने विपुल पछिल्लो पटक सिन्डीकेट बोलको लोक रक बिधाको गित सहित नेपाली संगित बजारमा आएका छन्। निकै नै लोभलाग्दो बनेको सिन्डीकेटको शिर्ष गित पनि उसै गरी हिट भयो।

गाउका नोस्टालजिकाहरु बल्झाउन सक्नु नै उनको खुवी हो। आफनो जन्मभूमी वरपरको सुन्दरतालाई नै भिजोलाईज गरेर गित लेख्ने बताउने क्षेत्री नेपाली ठेट लोक गीतवाट गित गाउन प्रेरणा मिलेको बताउँछन्। लण्डनको त्रिएक कलेजमा शास्त्रिय गितार बादन पढेका उनले चर्तित गित राम साहिली आफ्नो पिता हरिहर क्षेत्रीको देन रहेको कुरा बताए।भारतिय सेनामा रहदा उनका पिताले रचना गरेको गित गाउन पाउदा उनी पनि खुसी देखिन्छन । लोक रक संगितलाई मेन स्ट्रिम मान्ने उनले नेपालको थुप्रै ठाउँमा आफ्नो प्रस्तुति दिईसकेका छन्। दर्शक श्रोताको साथ र मायाबााट हौसिएका उनी गित कानको लागि भन्दा पनि मनको लागि गाउनुपर्नेमा जोड दिन्छन्। भारतिय गित संगीतको समेत गायक गिटारिस्ट भएर काम गरीरहेका उनी अहिले बसन्त उपत्यका स्कुल दिल्लिमा कला विभाग प्रमुखको रुपमा समेत काम गरीरहेका छन्। मन देखी गाउने र सुन्ने गित सदा तयार पार्नेमा ढुक्क रहन नेपाली श्रोता दर्शक लाई समेत उनले आग्रह गरे।

एल्वमभन्दा पनि पछिल्लो समयमा चलेको सिंगल ट्रयाक रिलिज गर्ने तयारीमा रहेका उनी आफ्ना गित संगितलाई साउन्ड क्लाउडमार्फत रिजिल गर्ने गर्दछन्। समयको मागअनुरुप चलेर पनि संस्कृतीलाई धान्दै लानु नै सच्चा गायकको उत्कृष्ट गुण मान्ने उनी माटोको सुगन्ध गाउनसमेत आजका युवा गायक पिढिलाई आग्रह गर्छन्।’जव सम्म आजका पुस्ताले पुराना पुस्ताले सुम्पेको संगितको कदर गर्दैन त्यहा गित संगित कैले जिवित हुदैन’ विपुलको कथन छ ।थोरै गित सिन्डीकेट,असार,ढडेलो,राम साहिली,दार्जलिबको रेल,बज्यो वाजा मात्र गाएरनि निक्कै चर्चित बन्ने गायकमा पर्छन विपुल क्षेत्री।