बिदुरले बनाय ” स्वार्थी हुदै गयौ तिमि”को भिडियो

 

bidur

गायक इन्द्र बश्यालको स्वरमा रहेको स्वार्थी “हुदै गयौ तिमि” बोलको गीतको भिडियो निर्माण गरियको छ| बिदुर पाठकले काठमाण्डौका रमणीय इस्थानहरुमा रामसरण उप्रेतीद्वारा छायांकन गरायकाछन| कुराकानीको क्रममा विदुरले भने “अहिले ग्ल्यामर चलेको बेलामा मैले प्रेजेन्टेसन चेन्ज गरेर निर्माण गरेको छु तेसैले गीतले मागेको जति मात्र दियको छु”| आगामी हप्ता सुन्दर तथा रमणीय सहर पोखराबाट अर्को हप्ता भिडियो सार्बजनिक गर्ने पनि बताय|

गायक इन्द्र बश्यालका आफ्नै सब्द तथा संगीतमा तयार भयका ६ ओटा गीतको एल्बम “अचानक” जेठको पहिलो साता तिर सार्बजनिक गरिने छ| सबै गीतको भिडियो पनि तयार पार्ने सोचमा छन् गायक इन्द्र बश्याल| निर्देशनको हिसाबले २० औ म्युजिक भिडियो हो यो बिदुर पाठकको जसलाई सम्पादन गर्ने छन् अनुप गिरीले|

bidur
दुई दर्जन भन्दा बडी भिडियोमा अभिनय गरिसकेका नेपाल चलचित्र कलाकार संघका कार्यसमिति सदस्य रहेका कलाकार डी बी बोमजनको प्रमुख अभिनय रहेको छ| आफ्नो यो म्युजिक भिडियो अभिनयको हिसाबले केहि पृथक हुनेमा कलाकार बोमजन ढुक्क रहेको बताउछन |”मलाई मेरा पछिल्ला गीतहरुको भिडियो भन्दा यो गीतबाट आशा लागेको छ” कलाकार डी बी बोमजनले हामी संग भने| ददशन डिजटलले बजार ब्यबस्थापन गर्ने यो अचानक एल्बमको उक्त गीतमा पुर्णिमा लामा र हरि उप्रेतीको पनि अभिनय रहने छ|