२०७० को चितवन आइडल बिजेता केदार बरुवाल क्षेत्री नया गित “जब तिमी” लियर आयका छन| केहि समय यता अध्यनका लागि अस्ट्रेलिया रहदै आयका गायक केदारले युबराज निमुखाको शब्द अनि कल्याण सिंहको संगीतमा उक्त गित गायका हुन्| गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ| मायामा समर्पित सब्दलाई रोमान्टिक पप सैलिमा संगीतबद्ध गरियको गीतको भिडियो पनि राम्रो बनेको छ|
यस गीतको भिडियोमा केदार र अलिशा राईको अभिनय रहेको छ जसलाई नितिन चन्दले निर्देशन गरेका हुन् । सुरेश काफ्लेले छायांकन गरेको उक्त भिडियोलाई रुपेश खड्काले कलर करेक्सन गरेका छन भने नितिनले आफै सम्पादन गरेर उक्त भिडियो तयार परेका छन| बधाई तथा शुभकामना छ जब तिमी टिमलाइ |