गायक, संगीतकार तथा गीतकार कन्हैया सिंहले एउटा राष्ट्रिय भावनाले ओतप्रोत भयको गित आज भिडियो सहित युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन्| “जहाँ चाँदी झैँ टलकिन्छ हिमाल” बोलको उक्त गित करिब सात बर्ष अगि देखिनै सब्द तथा संगीत कोर्ने , काट्ने तथा छाट्ने गर्दै आइरहेका थिय जसले अन्तत मुर्त रुप पायको छ अर्थात् गित रेकर्ड भयर भिडियो सहित सार्बजनिक भयको छ| माया, पिरती , मिलन , बिछोडका धेरै गित गायिसकेका कन्हैयालाइ लामो समय देखि यो गित पुरा गर्न मन हुदा हुदै पनि मिलिरहेको थियन |
नेपालका नदीनाला, हिमाल ,पहाड, तराई , बन्य जन्तु तथा प्रकृतिको बयान गरेर रचना गरियको गीतमा गायकको आफ्नै संगीत रहेको छ| सम्राट थापाको संगीत संयोजन रहेको उक्त गित आधुनिक धारमा तयार भयको छ|गायक कन्हैयाको परिकल्पनालाई सन्तोष श्रेष्ठले निर्देशन तथा क्यामेराको काम गरेका छन् भने रबिन्द्र खड्काले भिडियो सम्पादन गरेका छन्| नेपालका मनोरम दृश्यहरु संग्रह गरेर भिडियोलाई मनमोहक बनाउने प्रयास गरियको छ| यो गीतलाई आगामी एल्बम आलाप ३ मा समाबेश गरिने छ| केहि हप्ता अगि मात्र सार्बजनिक गरियको “धेरै माया गर्छु भन्थेउ” बोलको गित लगायत अरु गरि ६/७ ओटा गित संग्रहित आलाप ३ लाइ केहि समय पछि सार्बजनिक गर्ने सोचाईमा छन्, गायक कन्हैया|