कमल खत्री “जलें….”

kamalइथोज ब्यान्डमा रहेर नेपाली सांगीतिक बजारमा देखा पर्नु अगाडी नै संगीतमा धेरै आरोह अबरोह भोगेका गायक कमल खत्री  ‘आत्मामा’ गीतबाट धेरै श्रोताको माझमा एउटा राम्रो गायक तथा संगीतकारको रुपमा चिनियाका हुन| ‘आत्मामा’   भन्दा अगाडी पनि उनको स्वर रहेका इथोज ब्याण्डका  धेरै लोकप्रिय गित छन| तेस पछि पनि निरन्तर रुपमा गित निकाल्दै आईरहेका छन् |  भर्खरै उनले “जले जले” बोलको  नयाँ गीत सार्वजनिक गरेका छन् |

प्रेममा बिछोड प्रेमी उसैको यादमा तडपियको भावलाइ सब्दमा बुनेका छन् सञ्चारकर्मी नरेश भट्टराईले | मायाको रापमा, आगोमा जलेको कुरा छ , मायाको यादले जलायको कुरा छ, मुस्कान, अधरको कुरा छ , तड्पाईको कुरा अनि रोयिकराइ गरेको कुरा गीतमा सुन्न सकिन्छ | गीतमा गायक कमल आफैले संगीत भरेका छन् । प्रमोद तिमल्सिनाले संगीत संयोजन गरेको उक्त गित भिडियो सहित सार्बजनिक गरियको छ |

https://youtu.be/-h34CuwdaLY?t=111