फिरोजको “जिन्दगि असल छ”

नेपाली गित संगीतमा आफ्नो गहिरो छाप पारिसकेका गायक, संगीतकार तथा गीतकार फिरोज स्याङ्ग्देन, लोक, पप, रक गीतका धरोहर मानिन्छन| गित संगीतमै समर्पित फिरोजले आज न्यु योर्कको याक रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरेर आफ्नो दोस्रो एकल एल्बम “जिन्दगि असल छ” सार्बजनिक गरेका छन्| अमेरिकामा रहेर पनि संगीतलाइनै आफ्नो पेशा बनाई रहेका फिरोजले उक्त कार्यक्रममा एल्बममा रहेका गित प्रतेक्ष्य गायर सुनायका थिय| उनलाई गाउनलाई संगीतमा साथ् दियका थिय प्रज्वल बज्राचार्य अनि राजेन्द्र कर्णले |  

https://www.facebook.com/neerakaru/videos/10105274383296072/

एल्बम “जिन्दगि असल छ” मा ९ ओटा गीतहरु रहेका छन्|जुन एल्बम उनले आफ्नी स्वर्गीय आमा नर्बदा स्याङ्ग्देनमा समर्पित गरेका छन्, जो यो एल्बम रेकर्डको क्रममा स्वर्गबास हुनुभयको थियो|  सकारात्मक सोच भयका, जिन्दगीमा उत्साह, उमंग थप्ने खालका गीतहरु रहेका छन्| गीतका सिर्सक घास दाउरा, देउराली , माया पिरती जस्ता रहेकाले पनि सजिलै अनुमान लगुना सकिन्छ कि एल्बममा लोक रक पप सैलिका गीतहरु छन्| २ ओटा बाहेक सबै गित फिरोज आफैले लेखेको, संगीत भरेर संगीत संयोजन पनि गरेका छन्| ४ नम्बर ट्रयाक शिर्ष गित रहेको छ|माया पिरती देखि केहि पिर मर्का तर बिशेस गरि सकारात्मक सोचलाइ प्राथमिकता दियर एल्बमका गीतहरु तयार भयका छन्| करिब ३ बर्ष लगायर तयार पारीयको यस एल्बमको देउराली डादैमा बोलको गीतको भिडियो करिब २ बर्ष अगिनै आईसकेको थियो| एल्बम संगै शिर्षगीतको भिडियो पनि सार्बजनिक भयको छ र अरु गीतको भिडियो बिस्तारै बनाउदै जाने कुरा फिरोजले बताउनु भयो|

https://youtu.be/d8EfMXnQmAA?t=111

एल्बमलाई बजारमा लैजाने मध्यमको अन्योलता रहेको तर जसरि पनि आफ्ना श्रोता सम्म गित पुगोस भन्ने विचार उन्म रहेको छ| आइ टिउनमा नेपालीको तेती बानी परिनसकेको अवस्थाले गर्दा तेता तेती कोसिस नगरेको पनि जानकारी दिनु भयो| अबको केहि दिनमा उनको लण्डनमा सबिन राइ , नरेन लिम्बु लगायतका कलाकारका साथमा नेपाल म्युजिकल फेस्टिभल हुदै छ| बधाई तथा शुभकामना छ फिरोज स्याङ्ग्देनलाइ उनको यो नया एल्बमले एउटा पोजेटिभ भाइभ फ़ैलाओस, अनि गित संगीतको चर्चा चुलिदै जाओस|

13043542_1004197366340115_7915916790962874032_n