के तपाई स्वतन्त्र हुनुहुन्छ?

हुनत हामी एक्काइसौ सताब्दिमा छौ| धेरै कुरा जान्ने, सुन्ने र बुझ्ने भैसकेका छौ| अनेक लडाई जितेर मौलिक हक अधिकार पायका छौ | तर के हामीले ति हक अधिकार पूर्ण रुपमा उपभोग गर्न पायका छौ त ? ति हक अधिकारलाइ आत्मसाथ गर्न पाएका छौ त ? अवस्य छैनौ| धेरै कुरा कागजमा सिमित छन् ब्यबहारिक हुन सकेका छैनन| हाम्रो अमुल्य समय सामान्य कुरा जस्तै बत्ति , पानी , बाटोघाटो, इन्धन (पेट्रोल,ग्यासको ), रोजगारी आदि कुराको पछि लाग्दा लाग्दै बित्छ| समाजमा भैरहेका दुखद घटनाले गर्दा हामी निर्धक्क भयर हिड डुल गर्न डराउछौ| जात, लिङ्ग, सम्पति, आदिको आधारमा विभेद अझै देख्छौ|अझ भनौ हामी नेपालीहरु अनेक कुराबाट ठगियका छौ, हेपियाका छौ, आधारभूत आवश्यकताबाट बन्चित छौ अनि तेही आवश्यकता पूर्तिका लागि बधियाका छौ जसले गर्दा धेरै युवा, युवतीले अपेक्ष्याक्रित सफलता हासिल गर्न सकेका छैनन्| धेरै पार्टीका धेरै सरकार देखेउ तर यो परिस्थिति यथाबत रहिरह्यो|
यहि हाम्रो सामाजिक परिस्थिति, तितो यथार्थतालाई उजागार गर्दै गित मार्फत आवाज उठायकी छिन् गायिका शितल मोक्तानले| उनको हालै सार्बजनिक गरेको गित “के म स्वतन्त्र छु ” मार्फत| यो स्वतन्त्रताको आवाज हो , निर्धक्क भयर बच्न पाउने, साना तिना कुरामा नअल्झियर आगाडी बढन पाउनु पर्ने अधिकारको आवाज हो समग्रमा हामी सबै नेपालीको  प्रतिनिधि आवाज हो| सरकारको बागडोर सम्हालेकाले गरि खाने बातावरण बनाइदिने र अरुले तेस्मा साथ् दिने हो भने हामीले धेरै राम्रा काम गर्न सक्छौ, धेरै युवा युवतीले देशमै उदाहरडिय कार्य गर्न सक्छन भन्ने संदेश दिन खोजियको छ| सामाजिक संदेश मुलक सब्दलाई सब्द अनुसारकै सांगीतिक आरोह अबरोहले संगीतबद्ध गर्ने कार्य प्रसंसनिय छ | शीतलले आफ्नै सब्द, संगीत अनि संगीत संयोजनमा यो गित तयार परेकी हुन्| उक्त गीतको भिडियो निर्देशन पनि शीतलले आफै गरेकी छिन, गीतका सब्दलाइ प्रस्ट पार्न भिडियोको background मा महिनौ देखिका  paper cutting राखेकी छिन| | आशा तथा सहयोग गरौ यो आवाज देश हाक्ने राजनीति पार्टीहरुले मनन गर्ने छन्| नागरिकले पनि आफ्नो उत्तरदाइत्व बहन गर्ने छन्|