कलाकारहरुको सांगीतिक यात्रा आ आफ्नै किसिम को हुने गर्दछ। कोहि सधै केहि न केहि गरेर चर्चामा रही रहन रुचाउछन | कोहि भने आफ्नै रफ्तारमा निरन्तर लागि परेका हुन्छन र बेला बेलामा नया नया कोसेली पस्किने गर्छन। तेस्तै एक कलाकारको नाम हो सरु पराजुली। नवलपरासी जिल्लामा जन्मियर संगीतमा निरन्तर लागि परेकी यी गायिका केहि समय देखि अमेरिकामा आफ्नो परिवारका साथ रहदै आयकि छिन्। अमेरिकामा बसेर पनि संगीतलाई निरन्तरता दियिरहेकी छिन्। कहिले तीजको गित त कहिले नया त कहिले पुरानै गीतका नया भिडियो बाट दर्शक श्रोतको लागि केहि न केहि दियिरहेकी छिन्। यो सबै गर्नमा सहयोगी जीवन साथी गीतकार शिव चाम्लागाइको ठुलो हात रहेको छ।
सरु पराजुलीले भर्खरै सार्बजनिक गरेको गीतको बोल ” खाली खाली मनका पाना” रहेको छ जसलाई गीतकार नवराज लम्सालले रचना गर्नु भयको छ भने संगीतकार राम सिटौलाले संगीतबद्ध गर्नु भयको छ। शिव कै कन्सेप्टमा धन गौतमले भिडियो तयार परेका हुन्। भिडियोमा लिओन र ममता बजगाईको अभिनय रहेको छ।