लक्ष्मी स्याङ्तेनको अनुरोध “उडिजाने बादलु” संग

“उडिजाने बादलु” बोलको गित संगै आयकि छिन् नव गायिका लक्ष्मी स्याङ्तेन| यौबनावस्थामा महिलामा उत्त्पन्न हुने भावनालाई सब्दमा उतारेका छन् गीतकार कृष्ण अविरलले भने सोहि सब्दलाई  सुहाउने संगीत भरेका छन् कुसल संगीतकार तथा गायक भानुभक्त ढकालले| यस “उडिजाने बादलु”ले बोलको गीतलाई  लक्ष्मीले राम्रो गाउने प्रयास गरेकी छिन| सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् | मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन् भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ | बधाई तथा शुभकामना छ लक्ष्मी स्याङ्तेनलाइ उहाले सुरुगरेको सांगीतिक पाइलाले शिखर चुम्दै जाउन|