नेपाली साहित्यकार तथा संगीतकर्मी, अमेरिकामा सम्मानित

ny nबिगत १३ बर्ष देखि “प्रवाशी देशप्रेम साहित्यिक महोत्सब” गर्दै आइरहेको N & J Entertainment Inc. USA ले यो वर्ष पनि भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न गरेको छ| हिजो मे २८ तारिखका दिन न्यु योर्कको शेर्पा क्यिदुग हलमा विभिन्न साहित्यकार तथा संगीतकर्मी लगायत सामाजिक, सैक्षिक क्षेत्रमा योगदान पुर्यायका व्यक्तिहरुलाई सम्मन तथा बालकलाकार कबिन बिक्रम शाहको “लब यु मम” को म्युजिक भिडियो बिमोचन गरि सम्पन्न गरियाको छ|उक्त कार्यक्रममा सम्मानित हुनेमा बरिस्ट साहित्यकार मोहन सिटौला, नारायण मैनाली, प्रविन भट्टराई , हरि बहादुर थापा , कबि तथा लेखक डा. मधु कृष्ण श्रेष्ठ माधुर्य , बरिस्ट गायक प्रकाश श्रेष्ठ, शालिग्राम शाह , Prof. अजय छ्होचॊन, संगीता मुखिया छ्होचॊन, पुन्दरी अर्याल संगीतकार ओम कर्माचार्य रहनु भयको छ|ny nn

साथै गायक, संगीतकार तथा गीतकार कन्हैया सिंह र उहाकी धर्म पत्नी लोकप्रिय गायिका अन्जना गुरुङ ले नेपालि गित संगीतमा पुर्याउनु भयको योगदानको कदर गर्दै न्यु योर्क नेपाली एम्बेसी का बा Consul General एवम् साहित्यकार, कृसु छेत्रीले आयोजकका तर्फबाट कदरपत्र सहित सम्मान प्रदान गर्नु भयो|

न्यूयोर्क नेपाली समुदायमा एउटा कलिलो प्रतिभाका रुपमा देखा परेका कविन शाहले उक्त गित आफैले रचना गरेका हुन् जसलाई संगीतकार ओम कर्माचार्यले संगीत्दियाका हुन्| सोहि गीतको भिडियोमा आफ्नी ममतामयी आमा कमला प्रसाई संग अभिनय पनि गरेका छन् ६ बर्सिय बालकलाकार कबिन बिक्रम शाहको प्रसंशा सबिले गरेका थिय| यति सानो उमेरमा उनले देखायको प्रतिभा निकैनै सर्हानिय रहेको चर्चा उक्त कार्यक्रममा भयको थियो|