गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ”

गायक कमल किरणको नयाँ गित “लभ पर्ला जस्तो छ” सार्बजनिक भएको छ । डढेलो सर्यो किन, कोहि भन्छन अमेरिका, तल्ला घरे सन्नानिको जस्ता गीतबाट चिनिएका किरण बिगत एक दशक देखि निरन्तर रुपमा नेपालि गीत संगीतमा आबद्द हुदै आएका छन् र थुप्रै गीतहरु पनि गाएका छन् ।सबै खाले गित गाउने र केहि मात्रामा काहिँ कतै शब्द रचना तथा संगीत भर्ने गरेका कमलक यो नयाँ गीत “लभ पर्ला जस्तो छ” मा शब्द/संगीत आफ्नै रहेको छ भने राकेश सोनीको एरेन्ज रहेको छ ।

यस्ता यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरेको छ ।भिडियोमा ओम प्रसाईको छायांकन बिष्णु खड्का (आर्यन) को सम्पादन, राजिव समरको कोरियोग्राफी अनि प्रकाश धितालको निर्देशन संगै रिया श्रेष्ठ, बिकाश अनि दिपकको अभिनय रहेको छ ।