आधुनिक गीतका पारखीले मात्र होइन समग्र नेपाली गीतसंगीतका पारखीले सुन्ने गरेको एउटा स्वर हो राम कृष्ण ढकाल| नेपाली गीत संगीतमा स्वर्गीय स्वर सम्राट नारायण गोपाल पछि सबैभन्दा उच्च स्थान बनाउन सफल छन् बरिस्ट गायक राम कृष्ण ढकाल| धेरै जसो गीतकार , संगीतकार उनकै स्वरमा गीत रेकर्ड गराउन लालायित हुन्छन| उनले गायका धेरै गीत राम्रा छन्, वर्तमानका केहि गीत बाहेक बिगतका उनका गीत धेरै लोकप्रिय मानिन्छन| हुन त कति कुरा सुन्नेमा भर पर्छ भने झैँ कसैलाई कुन गीत मन पर्छ त कसैलाई कुन गीत तर समग्रमा उनका पछिल्ला गीतहरु मध्ये एउटा उत्कृट गीत बनेको छ आवरण एल्बमको ” म हुरीमा दियो जलेको देख्छु ” |
गीतकार रमेश बि जी का मन छुने शब्द अनि राजेश थापाको कर्ण प्रिय संगीतले गीतलाई वजनदार बनायको छ| आधुनिक समाजको यथार्थ चित्र उतार्न खोजियका शब्द निकै मार्मिक छन् जसले धेरैको मन चोयाको कुरा युत्युबका प्रतिक्रियाहरुबाट पनि प्रस्ट हुन्छ| संगीतकर्मी बि बि अनुरागीको गीतको मर्म अनि संगीतलाई मजबुत बनाउने संगीतसंयोजन रहेको छ| यसरि उत्कृट सृजनालाइ जिवन्त पार्ने काम गायक राम कृष्ण ढकालको सुरिलो स्वरले गरेको छ|
निकेश खड्काको निर्देशनमा बनेको भिडियो भने मध्यम खालको रहेको छ| धेरै कलाकारलाई पर्दामा उतारेर देखौन खोजेको कुरा झनै बुझ्न गार्हो भयको कुरा युत्युबका प्रतिक्रियाहरुबाट पनि प्रस्ट हुन्छ| उत्सव ढकालको छायांकन अनि निशान घिमिरेको सम्पादन रहेको भिडियो बिन्दबाशिनी म्युजिकको युत्युब च्यानलमा उपलब्ध छ|