आकांक्षाको नया गित “म पग्लन्छु” भिडियो सहित

14468372_353983534943428_1491446055312367236_oसानै उमेरमा राजधानी बाहिर बसेर पनि सांगीतिक चर्चा बटुल्न सफल गायिका आकांक्षा बश्यालले , राजधानीमा आयर गायन तथा अध्यन दुबैलाई अगाडी बढाई रहेकी छिन्| आकांक्षा पछि साकार एल्बम बजारमा ल्याइसकेकि आकांक्षाले कैयौ कलेक्सन एल्बम तथा चलचित्रमा स्वर दियिसकेकी छिन्| यसै क्रममा आफ्नो तेस्रो एल्बम साकार २ का गीतहरु सार्बजनिक गर्ने क्रममा “म पग्लन्छु” बोलको गीतलाई भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन्|

आफुलाई सबै भन्दा मनपर्ने व्यक्ति आफ्नै अगि देख्दा मनमा उब्जिने भावनालाइ गीतकार तथा कबि दिनेश अधिकारीले सब्दजालमा बुनेका छन् भने संगीतकार , गायक तथा रचंकार कल्याण सिंहले आर एन बि / पप सैलिमा संगीतबद्ध गरेका छन्| उक्त मेलोडीलाइ आफ्नो सुरिलो स्वरले प्राण भरेकी छिन् गायिका बश्यालले| सागर राजद्वारा निर्देशित भिडियोमा सन्दीप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा , रचिता छेत्रीको अभिनय रहेको छ| बिक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन्| उक्त भिडियोलाई सम्पादनका विभिन्न पक्ष बिकाश ज्ञवालीले सम्हालेका छन्|