यत्र तेत्र तीज गीतको चर्चा छ| कुनैको सकारात्मक त कुनै को नकारात्मक| तीज गितका नाममा, मात्र भिउ बडाउनका लागि, बिकृति फैलाउने गीतहरु एकातिर छन् भने अर्का तिर कलाकारहरुले सक्दो मौलिकता झल्किने तीज गीतहरु बनाइरहेका छन्| यसै क्रममा गायिका सितल पाण्डेले ल्यायाकी छिन् “माईतिको आगनी”| नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने यो गित भिडियो सहित सार्बजनिक गरियको छ|
नेत्र अर्यालका सब्दलाई लयबद्ध गरेका छन् संगीतकार रोहित सुबेदीले| गीतमा तीजको बेलामा हुने घर परिवारका कुरा देखि तीजमा हुने खाने लगाउने रमाइलो गर्ने जस्ता बिषय बस्तु समेटीयको छ| शिव दर्शन फिल्म्सको प्रस्तुति रहेको उक्त गीतको भिडियो निर्देशन विजय थापाले गरेका छन् जसमा रिचा थापाको आकर्षक निर्त्य रहेको छ| साथमा धेरैजना महिला दिदि बहिनीहरुलाई समेटेर भिडियो खिचेका छन् हरि न्येउपानेले अनि सम्पादन गरेका छन् प्रविन रेश्मीमगरले| सम्पूर्ण दिदीबहिनी आमाहरुलाई हरितालीकाको शुभकामना| | सम्पूर्ण दिदीबहिनी आमाहरुलाई हरितालीकाको शुभकामना|