मन्जु पौडेल मिडियाको चर्चित नाम हो| एक कुशल उद्घोसिका एबम लोक गयिकाको रुपमा उनको चर्चा भैरहन्छ| अहिले आयर अर्को चर्चा बटुलेकी छिन्, पहिलो पटक आधुनिक गीत गायर। “मलाई माया गर्न” नामक उक्त गितमा उनलाइ गायक शान्तिम कोइरालाले साथ दिएका छन । गितमा बिनोद घिमिरेको शब्द संगित अनि अर्जुन पोखरेलको संयोजन रहेको छ ।
कार्यक्रमको दौरान हङ्कङमा रहेकी मन्जुले दर्शकश्रोताले आफ्ना लोकगित लाई जस्तै यो गितलाइ पनि मन पराउने आशा गरेको बताउनु भयो ।
अष्ट्रेलियाको सिड्नी वरपर छायाकन गरिएको उक्त गितको म्युजिक भिडियोलाई जिबन रसाइलीले निर्देसन गरेका हुन । गितमा मन्जु पौडेल स्वयम र बिरेन्द्र मल्लको मोडलिंग रहेको छ । उनिहरुलाइ २ स्थानिय बालकलाकार प्रसुन शाह र साया केसील् साथ दिएका छन ।