बिबाहितलाई “बिहे गर्ने मन छैन”

गायक बन्न २ बर्ष प्रकाश गुरुङ्गसंग संगीत शिक्षा  लियर २०५९ सालमा सांगीतिक पाहिला चलेका कुमार उप्रेती समय संगै चल्दै जादा एक कुसल गीतकारका रुपमा परिचित हुन पुगे| उनको नाम पनि कुमार बिबाहित हुन पुग्यो| चलचित्रमा १०० भन्दा धेरै अनि पप, आधुनिक गरेर ५०० भन्दा धेरै गित लेखिसकेका कुमारको गाउने चाहना रही रहेको थियो |गायनको निरन्तर अभ्यास गरिरहेका कुमार बिबहितको गायक बन्ने भित्रि चाहना अब बिस्तारै पुरा हुदै छ| अहिले उनि लोक आधुनिक धारको गीति एल्बम “मन छैन”को तयारी गरेका छन्| उक्त एल्बमको शिर्ष गित भिडियो सहित भर्खरै सार्बजनिक गरियको छ| हुन त यो गित पहिले अर्कै कम्पनिबाट आउन लागेको थियो तर उक्त कम्पनि संचालनमा नरहे पछि अहिले एसियन म्युजिक मार्फत आयको छ| नारायण प्रशाद सुबेदीले बिहे गर्न मन नभयको युवाले विभिन्न महिनालाई विभिन्न बहाना बनायर बिहे टार्न खोजेको भावलाई सब्द जालमा बुनेर संगीतबद्ध गरेका छन्| साहस शाक्यद्वारा संगीत संयोजन गरेको उक्त गीतलाई भिडियोमा उतारेका छन् निर्देशक तथा नायक, संचारकर्मी सुरज सिंह ठकुरीले|