मनिषको शब्दमा प्रतिमाको स्वर “मन लाग्छ” हेर्दै सुन्नुहोस

कुनै पनि बिषय बस्तुलाई चलन चल्तीको भन्दा फरक कोणबाट ब्याख्या गर्ने वा भनौ फरक गहिराइ दिनेमध्यका एक गीतकार हुन् मनिष बशिष्ठ| कर्मा समुहको नयाँ सपनाको सफलता पश्चात सनुप पौडेल, सिने गुरुङ्ग, राम कृष्ण ढकाल, पुष्पन प्रधान लगायतका नया पुराना गायक संगीतकार संग गीत संगीत सिर्जना गर्दै आयका गीतकार पछिल्लो पटक लोकप्रिय गायिका प्रतिमा राजभण्डारीको स्वरमा रहेको “मन लाग्छ” बोलको गीतको भिडियो सहित आयका छन्|
मन लाग्ने , मनमा उब्जिने कुरालाई शब्दमा उतारेका छन् गीतकारले भने सुरिलो संगीतमा ढालेका छन् अहिलेका चर्चित तथा ब्यस्त संगीतकार कल्याण सिंहले|कर्मा समुहका सदस्य सुरेन्द्र मान सिंहको निर्देशन, छायांकन तथा सम्पादन अनि रंग समायोजन रहेको भिडियोमा कुशुम र दिपेशको अभिनय रहेको छ|