अभिव्यक्त नभयका भाव समेटियको “मनोभाव”

अमेरिकाको कोलोराडोमा बस्दै आयका कबि, गीतकार तथा गजलकार भुपेन्द्र महतले नेपाली गित संगीतमा निरन्तरता दिइरहेका छन्| दिपेश किशोर भट्टराईले संगीत गरेर गायको गित भगवान मर्योबाट आफ्नो परिचय बडी फैलायका भूपेन्द्रले पछि फेरी जिन्दगि यो हिसाब माग्छबाट आफ्नो चर्चा सेलाउन दियनन| अहिले फेरी चर्चा चुलाउदैछन अर्को एल्बम मनोभावबाट| यो एल्बममा ८ ओटा गित गजल रहेका छन् जसमध्य ४ ओटा नया हुन् भने ४ ओटा पुरानै चर्चित गीतहरु हुन्|

https://youtu.be/kSq22jt4lOs?t=1

एल्बमका सबै नया र केहि पुराना गीतहरुमा दिपेश किशोर भट्टराईको संगीत र स्वर रहेको छ| एल्बमको १ नम्बरमा रहेको “तिमि जहाँ खुसि” केहि समय अगि नै भिडियो सहित सार्बजनिक गरियको छ| आफुले मन परायको मान्छेको खुसीमा नै आफ्नो खुसि देख्ने भाव यसमा रहेको छ| अर्को २ नम्बरको गजलमा अभिव्यक्त गर्न नासकियको भावना ब्यक्त गरियको छ| सबैकुरा मन मै रहयो मैले पोख्न पनि सकीन, तिम्रा होलान के के मनमा मैले जोख्न पनि सकिन, हल्का हल्का खुल्दुली छ मनमा कस्तो जादुगरी हो तिम्रो पनमा यस्तो भाबना रहेको छ| ३ नम्बरमा रहेको यसै पनि राम्री तिमि लाखौ हजारमा तिम्रो लागि सबै फिका के किनु बजारमा यो डान्सिंग नम्बरको रुपमा गरेको छ| खास रुपको तारिफ गरियको यो गजल भय पनि बेग्लै किसिमले गाइयको छ| अर्को नम्बर ४ मा मधुशाला बोलको गजल छ| जस्ले भन्छ “तिमीले मेरो मुटु पढेकी भय यसरि म मेटिने थिन, पूजा मा नि हुन्थे सायद मधुशाला मा भेटिने थिन” एउटा कसैको यादमा पागल भयको प्रेमीको कथा बोलेको यो गजल शब्दको हिसाबले पनि राम्रो छ|

 
अन्य बोनस गीतहरु एउटा भगवान मर्यो छ भने अर्को न याद यो तेस्तै जिन्दगि यो हिसाब माग्छ अनि विछिप्त गरि एल्बम तयार परियाको छ| येही एल्बमको २ नम्बर ट्रयाकको म्युजिक भिडिओ पनि सार्बजनिक भयको छ| मोहित मुनाल, महाराज थापा अनि किरण कंडेलको संगीत संयोजन रहेका गीतहरु/ गजलहरु निरन्तर सुनिरहू लाग्ने छन्|