गीतकार देवदत्त भट्टको “मर्नु भन्यौ भन्नलाई त”

हामीले सुन्ने गरेका छौँ कि- प्रेममा सफल‌ हुने मान्छेहरु प्रेमको शिखरनै पुग्ने गर्दछन् । प्रेमको शिखर अर्थात प्रेम शिखर छुन प्रेममा निकै समर्पण चाहिन्छ। प्रेम एक यस्तो चिज हो जुन कसैप्रति बसिसकेपछि छुट्न छुटाउन कठिन पर्दछ,आफुले मन पराएको‌ मान्छेले वास्ता नगरेपनि उस्लाई नै पछ्याईरहने ईच्छा जागिरहन्छ, उसले घृणा गरेपनि, घात गरेपनि खुशिका साथ उसैलाई नै सबथोक ठान्ने विशाल सोचाई हुन्छ । हो यस्तै मर्मस्पर्शी प्रेमभाव प्रस्फुटित भएको सुन्दा आनन्द आउने कर्णप्रिय एउटा गीत र यस गीतमा आधारित म्यूजिक भिडियो अहिले यु ट्युब मार्फत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरिएको छ । चर्चित युवा गीतकार देवदत्त भट्टको कुशल‌ गीत लेखनको अर्को उत्कृष्ट सृजना स्वरुप आएको यो गीत “मर्नु भन्यौ भन्नलाई त” साँच्चैनै समर्पित प्रेमको उच्च भावनात्मक स्वरुप झैँ लाग्दछ ।
मर्नु भन्यौ भन्नलाई त, मर्न कहाँ सक्छु र म !
प्रेम शिखर नछोईकन झर्न कहाँ सक्छु र म !

सामवेदको संगीत अनि अमूल कार्कीको संगीत संयोजनले गीतका शब्द शब्दलाई न्याय गरेको‌ देखिन्छ । यस गीतमा प्रयोग गरिएको भ्वाइलिन बाजाको‌ उतार चढावका मधुर धूनभित्र जो कसैले पनि‌ आफुलाई‌ समाहित गर्न सक्दछ, जुन धूनसंगै भिडियोमा मोडल कलाकार सपना खड्काले नदि किनारमा बसेर बजाएको‌ भ्वाइलिनको दृश्य अनमोल लाग्दछ । सपना खड्का प्रति अगाध प्रेम‌ गर्ने मोडल कलाकार सन्तोष लामाको अभिनयको निखारताले झन् भावुक बनाउँदछ । सन्तोषले सपनालाई पछ्याईरहेको अवस्था भिडियोको बिशेष लोभलाग्दो पाटो देखिन्छ । भिडियो निर्देशक विजयराज भुर्तेलको समेत अभिनय रहेको यस गीतलाई स्काई डिजिटलले प्रस्तुत गरेको‌ हो । निर्देशक स्वयंको सम्पादन रहेको यस भिडियो‌ निर्माणमा रामेश्वर जिरेलले प्राविधिक पक्षबाट निकै सघाएका छन् ।सम्बन्धित स्रष्टा सबैको‌ मेहनतमा तयार गरिएको यस गीत/भिडियोले दर्शक स्रोताहरुको मन जित्न पूर्ण सफल हुनेछ भन्ने कुरामा विश्वस्त छन् यस गीतमा जीवन्त आवाज दिने गायक शैलेस सिंह पनि । यस सांगीतिक सृजनाले प्रेमशिखर जस्तै आफ्नो सफलताको शिखर समेत चुम्न सकोस् हाम्रो पनि शुभकामना ।

https://youtu.be/JTKfo_KD9hc