हेमन्त रानाको ‘साईली’ पछि ‘माया बस्यो’

गायक हेमन्त रानाले अर्को सांगीतिक कोसेली ल्यायका छन् । ‘साईली’को अपार सफलता पछि सोहि नामबाट चलचित्र नै निर्माणमा गरे।
। चलचित्र चलिसकेपछि , हेमन्तले “माया बस्यो” गित भिडियो सहित सार्बजनिक गरेका छन् । गायक रानाले आफ्नै शब्द र संगीतमा उक्त गीत सार्वजनिक गरेका हुन् ।लोक स्वादमा कय्ची कम्पोजिसन गरेका छन। गीतमा चर्चित संगीतकर्मी विशाल पौडेलको संगीत संयोजन रहेको छ ।

माया प्रेमको भाव बोकेको गीतको म्यूजिक भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधानले अभिनय गरेका छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् । यसै गरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । एक चोटि देख्दैमा अनि यथार्थ नबुझेरै माया बसेको सोच्ने आजका युवापुस्ता माथिको मिठो व्यङ्ग्य समेटेर गीतको भिडियो निर्माण गरिएको छ । गीतसँग सबैको माया बसोस सुभकामना ।