बिराटलाइ स्वस्तिमाको यादले सतायो

biraaat..गायक बिराट कडरियाले २ बर्ष अगिनै झरी नामक गीतिसंग्रह बजारमा ल्यायर आफ्नो सांगीतिक परिचय दियिसकेका छन्| उनै गायक, गीतकार तथा संगीतकार बिराटको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| केहि समय अगि मात्र उनको संगीतमा श्याम कार्कीको स्वर अनि रबि मल्लको सब्दमा तिम्रो मायाले बोलको गीतले चर्चा पायको थियो| अहिले उनले आफ्नो दोश्रो एल्बमको पहिलो गित “मायालु तिम्रो यादले सतायो” भिडियो सहित सार्बजनिक गरेका छन्| उक्त गीतमा नायिका स्वस्तिमाको अभिनय रहेको छ|

बिराटको आफ्नै सब्द, संगीत अनि स्वरमा तयार भयको उक्त रोमान्टिक गितमा एक मन परेकी प्रेमिकाको प्रसंशा अनि मनमा उब्जिने रोमान्टिक भावनालाई व्यक्त गरियको छ| उनको संगीतलाई संगीतसंयोजन गरेका छन् साहस शाक्यले| जीवन थापाले निर्देशन गरेको भिडियोमा पल साह र स्वस्तिमाको अभिनय रहेको छ|