मेरो केही अपेक्षा छैन : योगेश वैद्य

प्राज्ञ गीतकार उन्नती बोहोरा शीलाको ११ औं गीति एल्वम यो लामो जीवनमा लाकार्पण संगै बरिष्ठ गायक योगेश बैद्यलाई शनिवार राजधानिमा एक कार्यक्रमबिच सम्मान गरिएको छ।८ ओटा गीत समावेश उक्त एल्वमका सबै गीतमा संगीत शम्भूजीत बास्कोटा र स्वर योगेश वैद्यको रहेको छ। नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शरुभक्तको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सपना भुलाई सारा गायक योगेश वैद्यलाई नेपाली गीतसंगीतको जगतमा पुर्एको अतुलनिय योगदानको कदर गर्दै सम्मानित गरिएको छ।गायक वैद्यलाई महिला गीतकार संघ र ग्रिन सिटी हस्पिटलद्धारा ताम्रपत्रको साथमा क्रमश नगद ५०/५० हजारबाट सम्मान गरिएको हो।

लामो समय अस्वस्थ अबस्थाबाट गुज्रिएका गायक बैद्यले भर्खरै मात्र मृगैला प्रत्यारोपण गरेका हुन्। शारिरीक रुपमा अवस्थ रहेपनि मानसिक रुपमा बलियोनै रहेको बताउने यि गायकले अवस्थ अबस्थामा समेत संगीत साधनालाई निरन्तरता दिएको बताउछन्। झण्डै ३ सय नेपाली आधुनिक गीतहरु र ६० भन्दा बढी नेवारी गीतमा स्वर भरेका वैद्यलाई कार्यक्रममा साहित्यकार शरुभक्त संगितकार सम्भूजित बास्कोटा गीतकारहरु किरण खरेल, दीपक खरेल, रत्नशमसेर राण, उन्नती बोहोरा शिला लगायतका कलाकारहरुले फूलमाला सहित सम्मान प्रकट गरेका थिए। १३ बर्षको उमेर देखी गीत गाउन सुरु गरेका वद्यैको जटील बिरामी अबस्थामा पनि सरकारी तवरबाट उचित सम्मान हुन नसकेको भन्दै कार्यक्रमका प्रमुख अतिथी शरुभक्तले दुखेसो प्रकट गरे। देशको गहना भन्दै फलाक्ने तर स्रष्टा जीवन मरणको दोसाधमा रहदा एक दुष्टि नजर नलगाउने सरकारलाई कटाक्ष हान्दै शरुभक्तले संगीतकर्मी उपचार कोषको स्थापना गर्न माग समेत गरेका थिए।यता योगेश वैद्यभने सरकारी तवर बाट कुनै उपेक्षा नरहेको बताउछन्। उनले सरकारी राजनितीज्ञ हरु एक आपसमा कुर्सीकै खेलमा लिप्त रहेको अबस्थामा व्याब्यात्म ढंगबाट उनीहरुलाई नबिथोल्न आग्रह गरे।‘देशलाई कठपुलती बनाईरहेको छ सरकारले अनि नेपाली ट्वा परेर हेर्दै छन् यस्तै हुनु पर्छ रजाई गर्न दिऊ जहिले सम्म सक्छन् देश बेचुन मलाई कुनै अपेक्ष चाहना छैन सरकारी तवरबाट’ योगेसले भन।

आफुमा मृगैला प्रत्यारोपण गरेपछि पनि मनबाट आउने उर्जामा कुनै कमी नआएको बताउने उनले आत्मबल आफैले बढाईरहेको बताउछन्। सक्रियतालाई निरन्तरता दिने बताउने यि गायकले स्वस्थले साथ दिएको खण्डसम्म सांगीतिक यात्राले निरन्तारत पाउने बताए। ‘मेरो खुट्टा नचल्ने भयो तर मन मष्तिस्क जिवीतनै छ। आत्मबल कमजोर भयो तर सम्हाल्न थाले आफुले आफैलाई अध्ययन गरे बल्ल पो मेरो क्षमता बुझ्दै छु’ वैद्य बताउछन्।

यो लामो जीवन एल्वमको लागी पनि अस्वस्थ हुदा हुदै पनि मनभरी सकारात्मक उर्जा बटुल्दै गीत गाएको बताउने उनले आफुलाई सुहाउने गीत आफैले ढाल्ने गरेको जानकारी गराए।एउटा मृत्युलाई जितेको बताउने योगेशले आफ्नो क्षमता पहिले आफैले बुझ्न पर्ने बताउछन्। यता कार्यक्रममा संगीतकार सम्भूजीत बास्कोटाले पनि सरकारले इतिहास बुझ्न नसकेको भन्दै सुनौला अक्षर लेख्ने हस्तीको सम्मान गर्नकै लागी कलाकारहरुको स्वास्थ उपचारको लागी अक्षय कोषको खडा गर्न आग्रह गरेका थिए। योगेश वैद्यको स्वरलाई सुहाउने गीत रचना गरेको बताउने उन्नती बोहोराले एल्बम भित्र जीवन भोगाई, माया प्रेम, प्रकुति प्रेमका कथालाई गीतमार्फत चित्रण गरेको बताईन्। महिला गीतकार संघको पनि अध्यक्ष रहेकी शिलाले आधुनिक सुगम संगीतका धरोहर योगेश वैद्यलाई सम्मान गर्न पाउदा गर्व महसुह भएको बताएकी छिन्। यस भन्दा अघि पनि गायक वद्यै बिरामी अबस्थामा रहदा महिला गीतकार हरुको पहलमा सरकारी तवरबाट ५ लाख र संगीत नाट्य प्रतिष्ठानको तर्फबाट ४० हजार सहयोग गरेको बताउने शिलाले पुन एल्बम बाट वैद्यलाई जीवित तुल्याएको बताईन्। कार्यक्रममा एल्बम भित्रका आठओटै गीतको चर्चा गर्दै रचनाकार डा कृष्णहरी बरालले योगेश वैद्यले पुराना गीतहरुमा जस्तै कर्णप्रिय स्वर भरेको बताए।कार्यक्रममा ओझिल शब्द स्वर र संगीत भरिएको एल्बमका गीतहरु गायक बिश्व नेपाली, वानिका प्रधान, टीका प्रसाईले गायर सुनाएका थिए।