डब्बुको फिल्म “राहदानि” हेरेर मन्त्रि रोयकै हुन त ? 

netaaभनिन्छ कलाकार त्यो राम्रो हो जस्ले पर्दामा राम्रो अभिनय गर्छ अनि नेता त्यो राम्रो हो जस्ले प्रतक्ष्य अभिनय गर्छ। हुन त सेक्सपियरले भनेझै हामी सबैजना अभिनय गर्छौ  फरक येत्ति हो कि कसैले कम कसैले ज्यादा। हाम्रा मन्त्रिले पनि तेहि गर्नु भा हो तार उहाको अलि ज्यादा लाग्यो। नलागोस पनि किन रजनितिमा दुइ तिन दसक बिताइसकेका नेतालाइ देशको कहालि लाग्दो अवस्थाको बारेमा ज्ञान नहुनु कस्तो बिडम्बना । कुनै पनि रजनितिमा चासो राख्ने या रजनिति गर्नेलाइ थह भयेको कुरा हो कि कुनै पनि देश्को बिकास कृषिक्रान्तिबाट हुन्छ। तेसपछि औधोगिकक्रान्ति हुदै आर्थिकक्रान्ति हुन्छ तर हाम्रा भिजनरि नेताहरुले जनक्रान्तिबाट सुरु गर्नु भयो जस्मा यी माननिय मन्त्रि ज्युको पनि अहम भुमिका रहयो। आफ्नो सन्तानलाइ देशबिदेशमा पढाउनु भयो तर जनताका कामगरेर खाने सन्तानलाइ गाऊबाट शहर् अनि शहरबाट बिदेशिन बाध्य हुने बाताबरण  बनाउनु भयो जस्ले गर्दा जस्ले गर्दा गाउघरमा काम गर्ने मन्छेको अभाबमा खेत बारि बाँजा हुदै गए।

अहिलेको देशको बिकराल अवस्थाको जिम्बेवार तपाइ पनि हुनुहुन्छ मन्त्रि ज्यु तेसैले यो तपाइको रुवाइ गोहिको आंसुहो   ‘अहिलेलाइ’ तपाइको रुवाइ तब मात्र सत्य साबित हुनेछ जब तपाइले आफ्नो मन्त्रालय अन्तर्गत हुने भस्ट्राचार निर्मुल पर्नुहुनेछ। तपाइले राजनिति गरेको सार्थक तेतिकै बेला हुनेछ जब तपाइको मन्त्रालय अन्तर्गत हुने दलालि हटेर जाने छ। ६ महिना लगायर कृषकले उत्पादन गरेको सामाग्रिबाट  छ घन्टामा दलालले बडि कमाउने परिस्थितिको अन्त्य गरेर देखाउनु। तपाइ साच्चै रोयको तेति बेला मन्ने छु जब कृषकले पाउने अनुदान जग्गा नभयका दलालले पाउन छाडनेछन। नत्र भने मन्त्रि ज्यु येसरिनै हामि सधै मुर्ख बन्दैनौ, हामिलाइ अभिनय, भाशड होइन काम चाहियको छ तेसैले काम गरेर देखाउनु बिदेशियका युबालाइ देशमै फर्कियर त्यो बांजो जमिन खन्ने बातावरण  मिलाउनुहोस् अनि सबैले भन्नेछन नेता होस त यस्तो ।