मेरो रगतमै संगीत छ : अजर जंगम

ajarनेपाली संगीतिक आकासमा एउटै गीतबाट चम्कने तारा बनेका गायक हुन अजर जंगम। पिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। रगत रगतमा संगीत बगेको अजरले सानोमा भने खेलकुदलाई सपना बोकेका थिए।भर्खरै मात्र हिट्स एफएम म्यूजिक अवार्डमा चारवटा म्यूजिक अवार्ड हात पार्न सफल गीत जिन्दगीले हिसाब माग्छ का गायक अजर सानोमा भने जिम्न्यासटिकका राम्रा खेलाडी रहे।

दिपेन्द्र प्रहरी स्कूलबाट स्कूले शिक्षा तथा ग्यालेक्सी पब्लीकबाट एस एल सी र बिज्ञानमा प्लस २ सकेका अजर आफ्नो जिनमा भएको गुणबाट टाढा जान सकेनन् र म्यूजिकलाईनै मेजर बनाएर मास्टर्स सके। पाचैँ राष्ट्रिय खेलकुदमा जिम्न्यासटिक तर्फ २ वटा स्वर्ण पुरस्कार समेत हात पार्न सफल अजरले नेपालको प्रतिनिधित्व गर्दै सोह्रै एसियाली खेलकुदमा समेत आफ्नो हुनर प्रस्तुत गर्न सफल बने। बिस्तारै खेलकुदलाई भन्दा संगीतलाई आफ्नो बनाएका अजरले बिधिवत रुपमा २०६० सालबाट संगीतिक यात्राको थालनी गरे। सुरुमा केहि मिल्ने साथीहरुसंग ब्याण्डको स्थापना गरेर सुरु गरेको अजरको संगीतिक यात्राले आजको दिनसम्म निरन्तरता पाएको छ। एउटै एल्बम पनि बजारमा नलेराएका अजरका झण्डै ३ दर्जन जति गीतहरु रेकडिब भईसकेका छन्।

ajaaa

आफुलाई चुजी मान्छे मान्ने अजरले आफ्नो मनले खाएको गीतहरु मात्र आफुले गाउने गितको लिष्टमा पर्ने हामीसंगको कुराकानीमा बताए। आफ्नो माता पितालाईनै प्रेरणाको श्रोत मान्ने अजरले संगीतलाई आफुमा जन्मशिद्ध रहेको मान्छन्। गम्भिर प्रकारको गीतमा स्वर भरेका अजरले आफ्नो बोल्ड आवाजनै गम्भिर गीतमा सुहाउने मान्छन्। सबै प्रकारका गीत सुन्न रुचाउने अजरले चाडैनै आफ्नो भर्सटाईल क्षमता दर्शक श्रोतालाई देखाउन लागिपरेको बताए। यतिबेला आफ्नो नँया गीतको म्यूजिक भिडियोको सुटिबमा व्यस्त रहेका अजरले म्यूजिकलाईनै आफ्नो कर्म बनाएर लैजाने बताए। ‘आजकल मानिसहरु गीत संगीतलाई
मनोरञ्जनको साधन अनि खल्तीमा थोरै पैसा हुनाको साथ गायक गायिका बन्न होमिन्छ त्यसैले पनि संगीतलाई सस्तो पेशा बनाईयो। दर्शक श्रोताले राम्रा गीतलाई छनोट गरेर सुन्ने संस्कार नबसेमा राम्रा गीतहरु मरेर जान्छन्’ अजर भन्छन्।

बाबासंग रहेको केहि स्तरीय गीतहरुमा स्वर हाल्न व्यस्त अजरले केहि कलेक्सन एल्बमको लागी गजल गाईरहेको बताए। देशभित्रै रहेर नेपाली गीत संगीत जगतको उत्थान एवम् प्रवद्धनमा योगदान गर्ने सपना पालेका अजरले सस्तो गीतहरु भन्दा ओझिलो गीत गाएर दर्शक श्रोतालाई रिझाउने योजना बाधेका छन्। सोच्दै नसोचेको हिट्स अवार्डले आफुमा उर्जा प्रदान गरेको बताउने अजरले श्रोता दर्शकको मायाले फुरुब बनाएको बताउछन्। आफु सस्तो लोकप्रियता बाट टाढै रहेर सधा अजर रहने
कामको लागी सोच्ने बताउने अजरको नयाँ गीत मेरो जस्तो तिम्रो रातले पनि चर्चा नेपाली संगीत जगतमा चुलिरहेको छ।

https://youtu.be/9E4tZPtAeLA?t=2